|
|||||||||||||||||||||||||||||||||||||||||
|
|||||||||||||||||||||||||||||||||||||||||
|
![]()
ख. परीक्षाका लागि आवश्यक प्रश्नपत्रहरु निर्माण, मोडरेशन तथा उत्तरपुस्तिकाहरु परीक्षण गराउने । ग. प्रश्नपत्र भण्डार प्रणालीलाई विकास गर्दै लाने व्यवस्था गर्ने । घ. आयोगबाट संचालन हुने खुला तथा बढुवा आदिका प्रतियोगितात्मक परीक्षाहरु संचालन गर्ने । ङ. परीक्षा संचालन, नतिजा प्रकाशन तथा सिफारिश छिटो छरितो रुपमा सम्पन्न गर्ने । च . माग बमोजिम उम्मेदवार सिफारिश गर्ने । परीक्षा संचालन शाखा १. लिखित परीक्षाको लागि आवश्यकतानुसार प्रश्नपत्रहरु तयार गर्राई मोडरेशन युनिटमा पठाउने । २. परीक्षा भवनको व्यवस्था गरी परीक्षा संचालन गर्ने गराउने । ३. उत्तरपुस्तिका संकलन गरी कोड नं. राखी सम्बन्धित शाखामा पठाउने । ४. परीक्षा संचालन सम्बन्धी सुधार बारे आवश्यक सुझाव पेश गर्ने । ५. सामूहिक छलफल र अन्य परीक्षा संचालन सम्बन्धी काम गर्ने । ६. विभिन्न विषयमा प्रश्न निर्माणकर्ता, मोडरेटर, दक्ष तथा विशेषज्ञहरुको नामावली संकलन गरी अद्यावधिक गराई राख्ने । ७. दरखास्तहरु विज्ञापन अनुसार मिले नमिलेको छानबीन गरी स्वीकृत नामावली तयार गर्ने । ८. दरखास्त सम्बन्धी परेका समस्या बारे अध्ययन गरी परीक्षा संचालन अगावै टुङ्गो लगाउने । लिखित परीक्षा नतिजा शाखा १. लिखित परीक्षाको मिति र समय तोक्ने । २. परीक्षाहरुका लागि प्रश्नपत्रहरु तयार गर्ने र वितरणको व्यवस्था मिलाउने । ३. उत्तरपुस्तिकाहरु परीक्षण गराउने व्यवस्था गर्ने । ४. परीक्षण भई प्राप्त उत्तर पुस्तिकाहरुको प्राप्ताङ्क रुजु गरी टेबुलेशन गर्ने । ५. प्राप्ताङ्क र पदको आधारमा नतिजा प्रकाशित गर्ने र सम्बन्धित शाखासंग समन्वय राखी अन्तर्वार्ता र अन्य परीक्षाहरुको कार्यक्रम निर्धारण गर्ने । ६. आवश्यकतानुसार लिखित परीक्षाको पुनर्योगको व्यवस्था मिलाउने । ७. विभिन्न विषयका दक्षहरुको नामावली संकलन गरी अद्यावधिक गराई राख्ने । अन्तर्वार्ता तथा सिफारिश शाखा १. कार्यक्रम अनुसार तोकिएको समयमा उम्मेदवारहरुको अन्तर्वार्ताको व्यवस्था गर्ने । २. प्रहरी प्रतिवेदन सम्बन्धी काम गर्ने । ३. विभिन्न विषयका दक्षहरुको नामावली संकलन गरी अद्यावधिक गराई राख्ने । ४. अन्तर्वार्ताको अगावै उम्मेदवारहरुले पेश गरेको कागजातको सक्कल प्रमाण भिडाइ प्रमाणित गर्ने । ५. उम्मेदवारहरुको योग्यताक्रम तयार गरी सिफारिश गर्ने । ६. सिफारिश भएका उम्मेदवारहरुको लगत राखी नियमानुसार नियुक्ति दिइए नदिइएको अनुगमन गर्ने । नीति नियम, उजुरी-परामर्श, प्रशासन तथा निरीक्षण महाशाखा क. निजामती सेवा ऐन र सो अर्न्तर्गतका नियमहरु संशोधन तथा कार्यान्वयनमा परामर्श दिने । ख. निजामती सेवा ऐन, नियम सम्बन्धी पदोन्नतिका विषयमा तथा कर्मचारीलाई परेको पीर मर्का सम्बन्धी उजुरीमा कारबाही गर्ने । ग. निजामती कर्मचारीलाई दिइने विभागीय सजायको विषयमा परामर्श दिने र सो सम्बन्धी आधारहरु तयार गर्ने । घ. निजामती कर्मचारीहरुको सेवा शर्त र सुविधा वारेमा सुधारका उपायहरु तयार गर्ने । ङ. एक सेवा, समूह वा उप-समूहबाट अर्को सेवा, समूह वा उप-समूहमा परिवर्तनका लागि नीति निर्धारण गरी कार्यान्वयन गराउने । च. आयोगको सामान्य तथा कर्मचारी प्रशासन र जनसम्पर्क सम्बन्धी काम गर्ने । छ. आयोगको संगठन तथा कार्यविधि (O & M) मा समसामयिक सुधार सम्बन्धी गर्ने । ज. बजेट तयार गर्ने, लेखा संचालन गर्ने, नगदी, जिन्सी, राजस्व आदिको दुरुस्त हिसाव राख्ने र लेखापरीक्षण सम्बन्धी काम गर्ने । झ. निरीक्षण व्यवस्था सम्बन्धी काम गर्ने । नीति नियम शाखा १. निजामती सेवाको शर्त तथा सुविधा सम्बन्धमा नीति नियम निर्धारण गर्ने र सुधारका लागि सुझाव सम्बन्धी कारबाही गर्ने । २. आयोगको कार्य क्षेत्र भित्र पर्ने विषयहरुमा नीति नियम तर्जुमा गर्ने तथा सम-सामयिक बनाउने । ३. निजामती सेवा ऐन, नियम सम्बन्धमा राय, परामर्श दिने । ४. अधिकार प्रत्यायोजन सम्बन्धी काम कारबाही गर्ने तथा यसको प्रभावकारिता अध्ययन गर्ने । ५. सेवा, समूह, परिवर्तन सम्बन्धी विषयमा नीति निर्धारण तथा आवश्यक कारबाही गर्ने । उजुरी तथा विभागीय सजाय परामर्श शाखा १. निजामती कर्मचारीलाई दिइने विभागीय सजांयमा परामर्श दिने । २. नियुक्ति, बढुवा तथा सेवा शर्त सम्बन्धी उजुरीहरुमा आवश्यक कारबाही गर्ने । ३. रिट सम्बन्धी काम कारबाही गर्ने । ४. आयोगको आन्तरिक काम कारबाहीमा कानूनी राय दिने । प्रशासन तथा निरीक्षण शाखा १. आयोगको आन्तरिक, सामान्य प्रशासन तथा कर्मचारी प्रशासन सम्बन्धी काम गर्ने । २. जनसम्पर्कको प्रबन्ध गर्ने । ३. आयोगको आवश्यकतानुसार प्रशासकीय सर्वेक्षण गरी गराई प्रतिवेदन तयार गर्ने र स्वीकृत सिफारिशहरुको कार्यान्वयन गर्ने गराउने । ४. आयोगका चल अचल सम्पत्तिहरुको सुरक्षा तथा सम्भार गर्ने । ५. मालसामान खरिद र वितरण गर्ने । ६. स्टोर संचालन गर्ने । ७. आयोगको बैठक संचालन सम्वन्धी काम गर्ने । ८. साधारण र विकास बजेट तयार गर्ने । ९. लेखा संचालन, लेखापरीक्षण र बेरुजु फछ्र्यौट सम्बन्धी काम गर्ने । १० राजस्वको हिसाव दुरुस्त राख्ने । ११ प्रत्यायोजित अधिकार बमोजिम पदपूर्ति रितपूर्वक भए नभएको निरीक्षण सम्बन्धी काम गर्ने । १२ प्रत्यायोजित अधिकार बमोजिमको पदपूर्तिमा परेका उजुरीहरुको सम्बन्धमा आवश्यक कारबाही गर्ने । १३ निरीक्षणबाट देखिएका बिषयहरुमा अध्ययन अनुसन्धान गरी सुधारका लागि सुझावहरु तयार गर्ने । परीक्षण प्रविधि, अनुसन्धान, पाठ्यक्रम तथा प्रकाशन महाशाखा क. आयोगबाट हुने परीक्षाहरुको लागि पाठ्यक्रम, परीक्षण प्रविधि, अन्तर्वार्ता प्रविधि सम्बन्धी काम गर्ने । ख. निजामती सेवाको विभिन्न पक्षमा अनुसन्धानात्मक अध्ययन र विश्लेषण सम्बन्धी काम गर्ने । ग. आयोगको कामसंग सम्बन्धित विभिन्न पक्षको अध्ययन तथा अनुसन्धान सम्बन्धी काम गर्ने । घ. बाषिर्क कार्यक्रम, चौमासिक तथा वाषिर्क प्रतिवेदन सम्बन्धी काम गर्ने । ङ. प्रेस संचालन र प्रकाशनको व्यवस्था सम्बन्धी काम गर्ने । च. शैक्षिक योग्यता निर्धारण र उपाधिको मान्यता सम्बन्धी काम गर्ने । परीक्षण प्रविधि तथा अनुसन्धान शाखा १. परीक्षण प्रविधिको विकास र परीक्षा सम्बन्धी अनुसन्धान गरी परीक्षण प्रविधिलाई समसामयिक बनाउदै लैजाने । २. मनोवैज्ञानिक व्यक्तित्व परीक्षण सम्बन्धी काम गर्ने । ३. सेवा, समूह वा व्यवसायलाई मिल्दो किसिमको अन्तर्वार्ता प्रविधिको विकास गर्ने । ४. निजामती सेवाका विभिन्न पदहरुको आवश्यक न्यूनतम शैक्षिक योग्यता निर्धारण गर्ने । ५. गोष्ठी संचालन गर्ने । ६. परीक्षा र परीक्षण प्रविधि सम्वन्धी अध्ययन, अनुसन्धान र विश्लेषण गर्ने । ७. शैक्षिक उपाधिको मान्यता सम्वन्धी काम गर्ने । ८. वस्तुगत प्रणालीबाट हुने परीक्षाको उत्तरपुस्तिका परीक्षण सम्बन्धी काम गर्ने । ९. निजामती कर्मचारी प्रशासन सम्बन्धी क्षेत्रमा सल्लाह दिने । १० निजामती सेवाका विभिन्न पदहरुको कार्य विवरण (Job Description) सम्बन्धी काम गर्ने । पाठ्यक्रम तथा मूल्यांकन शाखा १. लिखित परीक्षाको पाठ्यक्रम निर्माण तथा परिमार्जनको व्यवस्था गर्ने । २. प्रत्यायोजित अधिकार अर्न्तर्गतका पदहरुको लागि लिइने परीक्षाका पाठ्यक्रम निर्माण सम्बन्धी व्यवस्था गर्ने । ३. निजामती सेवाको पाठ्यक्रम क्षेत्रभित्र आइपर्ने समस्या समाधानमा सुझाव दिने । ४. पाठ्यक्रमको उपयुक्तता, सामयिकता र प्रभावकारिता सम्बन्धी अध्ययन - विश्लेषण गर्ने । ५. पाठ्यक्रम सम्बन्धमा विभिन्न क्षेत्रसंग सम्पर्क राखी सो सम्बन्धमा मन्तव्य तथा प्रतिक्रिया लिने । ६. पाठ्यक्रमको मूल्यांकन र अनुगमन गर्ने । तथ्यांक तथा प्रकाशन शाखा १. आयोगको वाषिर्क कार्यक्रम, चौमासिक तथा वाषिर्क प्रतिवेदन तयार गर्ने र प्रकाशन गर्ने । २. निजामती सेवाका विभिन्न पक्षहरु -माग, नियुक्ति, सरुवा, बढुवा, आचरण, विभागीय कारवाही तथा जनशक्ति सम्बन्धी तथ्यांक संकलन, अध्ययन-अनुसन्धान तथा विश्लेषण गरी प्रतिवेदन तयार गर्ने । ३. निजामती सेवा ऐन, नियम, लोक सेवा आयोग कार्यविधि ऐन, नियम, निर्देशिकाहरुको सुधारका लागि आवश्यक हुने तथा आयोगको परामर्श निमित्त उपयुक्त हुने किसिमका तथ्यांक र आधारहरु तयार गर्ने ४. खुला तथा बढुवाबाट पूर्ति गरिने पदहरुको माग संकलन, प्रतिशत निर्धारण, विज्ञापन र सूचना प्रकाशित गर्ने तथा यिनको योजनाबद्ध कार्यक्रम समेत तयार गर्ने । ५. विभिन्न पदका पाठ्यक्रम, दरखास्त फाराम, बुलेटिन र अन्य सवै प्रकारका आयोग सम्बन्धी प्रकाशन गर्ने तथा बिक्री-वितरणको व्यवस्था मिलाउने । ६. आयोगको विज्ञापन, सूचना तथा आवश्यकतानुसार अन्य सबै किसिमका प्रचार प्रसार सम्बन्धी काम गर्ने ७. निजामती सेवा सम्बन्धी स्वदेशी र विदेशी अनुसन्धनात्मक कृतिहरुको संकलन तथा डकुमेन्टेशन सम्बन्धी काम गर्ने ८. पुस्तकालयको विकास र सुधार सम्बन्धी काम गर्ने । ९. कम्प्युटरसंग सम्वन्धित सबै कामहरु गर्ने । १०. आयोगको प्रेस संचालन, सम्भार, विकास तथा प्रेस व्यवस्थापन सम्बन्धी कामहरु गर्ने । ११. आयोगको आन्तरिक गोष्ठीहरु संचालन गर्ने । आयोगको केन्द्रीय कार्यालय काठमाण्डौंमा रहेको छ भने यसका पांच वटा क्षेत्रीय निर्देशनालयहरु र ९ वटा अञ्चल कार्यालयहरु रहेका छन । जुन निम्न बमोजिम रहेका छन् ः क्षेत्रीय निर्देशनालयहरुः १) पुर्वाञ्चल क्षेत्रीय निर्देशनालय, देव्रेवास, धनकुटा । फोन ०२६-५२०१५१ २) मध्यमाञ्चल क्षेत्रीय निर्देशनालय, अनामनगर, काठमाडौं । फोन ०१-४७७१२१४ ३) पश्चिमाञ्चल क्षेत्रीय निर्देशनालय, पार्दी, पोखरा, कास्की । फोन ०६१-५२०५०६ ४) मध्यपश्चिमाञ्चल क्षेत्रीय निर्देशनालय, वीरेन्द्रनगर, सुर्खेत । फोन ०८३-५२१८०३ ५) सूदुर पश्चिमाञ्चल क्षेत्रीय निर्देशनालय, राजपुर, डोटी । फोन ०९४-४४०१४७ अञ्चल कार्यालयहरुः १) मेची अञ्चल कार्यालय, इलाम । फोन ०२७-५२००६२ २) सगरमाथा अञ्चल कार्यालय, दिक्तेल, खोटाङ्ग । फोन ०३६-४२०१७७ ३) जनकपुर अञ्चल कार्यालय, जलेश्वर । फोन ०४४-५२०१४७ ४) नारायणी अञ्चल कार्यालय, हेटौडा, मकवानपुर । फोन ०५७-५२०३०२ ५) लुम्विनी अञ्चल कार्यालय, बुटवल, रुपन्देही । फोन ०७१-५४०२०७ ६) धौलागिरी अञ्चल कार्यालय, वाग्लुङ्ग । फोन ०६८-५२०१४७ ७) राप्ती अञ्चल कार्यालय, तुल्सीपुर, दाङ्ग । फोन ०८२-५२००१३ ८) कर्णालि अञ्चल कार्यालय, जुम्ला । फोन ०८७- ५२०००८ ९) महाकाली अञ्चल कार्यालय, महेन्द्रनगर । फोन ०९९- ५२१२०९ आयोगका केही महत्वपुर्ण कार्य प्रणालीः आयोगको कार्य प्रणाली विज्ञापन प्रकाशन देखि उम्मेदवारको सिफारिश सम्म विभिन्न चरणहरु पार गर्नु पर्ने हुन्छ । ती चरणहरु देहाय बमोजिम रहेका छनः क) विज्ञापन प्रकाशनः १) नेपाल सरकारले रिक्त निजामती सेवाका पदहरुको पूर्तिका लागि निजामती सेवा ऐन अनुसार रिक्त भएको ७ (सात) दिनभित्र आयोगलाई रिक्त पदको जानकारी पठाउनु पर्ने। अथवा रिक्त पदको पदपूर्तिका लागि माग फाराम भरी पठाउनु पर्ने । २) आयोगले माग प्राप्त भइ सकेपछि नि.से.नि. अनुसार पद संख्या (प्रतिशत निर्धारण) निर्धारण गर्ने । ३) निर्धारित पदसंख्या अनुसार खुला, आ.प्र., कार्यक्षमताको बढुवाद्वारा पदपूर्तिको लागि विज्ञापन प्रकाशन गर्ने । यसरी विज्ञापन प्रकाशन गर्दा दरखास्त वुझाउने स्थान, लाग्ने दस्तुर -राजस्व, दरखास्त बुझाउने अन्तिम मिति, पदको लागि आवश्यक शैक्षिक योग्यता र लिखित परीक्षा हुनेको हकमा लिखित परीक्षा संचालन हुने मिति र समय समेत उल्लेख गरी प्रकाशन गर्ने गरेको छ । ख) प्रश्नपत्र निर्माण १) सम्माननीय अध्यक्षबाट प्रश्नपत्र निर्माणको लागि उपयुक्त संख्यामा विज्ञहरुको मनोनयन गर्ने । २) विज्ञहरुलाई पश्नपत्र निर्माणको लागि पाठ्यक्रम, नमूना प्रश्न, प्रश्नको ढाँचा समेत तोकी गोप्य तवरवाट प्रश्नपत्र निर्माणको लागि अनुरोध गर्ने । ३) विज्ञहरुवाट प्रश्न निर्माण भए पछि गोप्य तवरले संकेत नं.का आधारमा तोकिएको खाममा गोप्य शिलबन्दी सहित परिक्षा संचालन शाखामा बुझाउनु पर्ने । यसरी बुझाउदा मैले यो प्रश्न कसैलाई देखाएको भनेको छैन, कपि पनि राखेको छैन भनी कवुलियत पत्रसहित बुझाउनु पर्ने । ४) परीक्षा संचालन शाखाले विज्ञले बुझाएको Raw Question को शिलबन्दीकै अवस्थामा मोडरेशन शाखालाई बुझाउनु पर्ने । ५) अध्यक्षबाट मोडरेशनको लागि विज्ञको मनोनयन गर्ने । ६) मोडरेशन शाखाले मोडरेटरको अगाडी प्राप्त कच्चा प्रश्नपत्रहरुलाई मुचुल्का गरेर खोली मोडरेशनको लागि उपलब्ध गराउने । ७) मोडरेशन गर्दा विगतमा बैक मा रहेका पुराना प्रश्नहरु पनि मिलाएर गरिने । ८) मोडरेटरले मोडरेशन गरेको प्रश्न पत्रलाई कम्तीमा ३ सेट बनाई -एउटा परीक्षा संचालनको लागि गोप्य तवरले शिलबन्दी गरी प्रश्न बैकमा राख्ने । ९) परीक्षा संचालनको लागि उपउक्त समयमा बैंकमा रहेका पश्नपत्रबाट कुन सेट प्रयोग गर्ने भन्ने सन्दर्भमा सम्माननीय अध्यक्षवाट चिनो लगाई छनोट गरी प्रयोगमा ल्याउने र सवै ठाउमा परीक्षा संचालन हुने विज्ञापनमा एउटै पश्नपत्रबाट काम लिने । ग) परीक्षा संचालन १) विज्ञापन दरखास्त दिने उम्मेदवारहरुको संख्या एकिन गर्ने । २) उम्मेदवार संख्या अनुसार परीक्षा भवनहरुको व्यवस्था गर्ने । ३) परीक्षा संचालनको लागि जनशक्तिको खटन पटनको व्यवस्था गर्ने ४) तोकिएको स्थान -परीक्षा भवन , मिति र समयमा केन्द्राध्यक्षले परीक्षा संचालन गरी तोकिएको कार्यालयको- शाखामा उत्तरपुस्तिकाहरु वुझाउने । घ) उत्तरपुस्तिका कोडिङः १) एउटा विज्ञापनको सवै उत्तरपुस्तिकाहरु सवै केन्द्रबाट प्राप्त भएपछि प्रथम कोड गर्ने । यसरी कोडिङ गर्दा सवै केन्द्रका उत्तरपुस्तिकाहरु मिसाएर गर्नु पर्ने अथवा एउटै केन्द्रकोमा लगातार कोड राख्न नपाइने । २) प्रथम कोड राखि सकेपछि कि. फाराम र अर्धकट्टी -नाम,थर, रोल नं. ठेगाना, लेखेको साइड रुजु गरी शिलबन्दी गरी परीक्षा संचालन शाखाले उत्तरपुस्तिकाहरु विभिन्न पोकाबाट मिसाई दोस्रो कोड राख्ने । ३) दोस्रो कोड राखिसकेपछि दोस्रो कोड को अर्धकट्टी शिलबन्दी गरी सचिवकहां वा सचिवले तोकेको कर्मचारीलाई बुझाउनु पर्ने । ४) दोस्रो कोड सकेपछि तोकिएको संख्यामा थैला बनाई शिलबन्दी अवस्थामा नै लिखित परिक्षा नतिजा शाखामा बुझाउनु पर्ने । ङ) उत्तरपुस्तिका परीक्षणः १) लिखित परिक्षा नतिजा शाखाले दोस्रो कोड गरी शिलबन्दी उत्तरपुस्तिका प्राप्त भएपछि उत्तरपुस्तिका संख्या पोकाका आधारमा परिक्षणको लागि विज्ञको नाम अध्यक्ष समक्ष पेश गर्नु पर्ने । यसरी विज्ञको नाम पेश गर्न आवश्यक संख्या भन्दा जतिसक्दो वढी संख्यामा पेश गर्नु पर्ने । अध्यक्षवाट परीक्षकको नाम मनोनयन भइ सकेपछि दोस्रो कोड भई प्राप्त पोकामा अर्को थैला राखि सोमा संकेत नं उल्लेख गरी गोप्य तवरले परीक्षकलाई परीक्षणको लागि उत्तरपुस्तिका पठाउने । २) परीक्षण गरी परीक्षकवाट फिर्ता प्राप्त भएपछि संख्या ठिक छ छैन मार्कसिट समेत हेरी बुझने । च) टेबुलेशन र नतिजा प्रकाशनः १) परीक्षकले उल्लेख गरेको प्राप्ताङ्क र मार्कशिटमा भएको अंक हर्ने । यदि कैफियत देखिएमा उत्तरपुस्तिकामा भएको अंकलाई आधार मानि अध्यक्षबाट कैफियत जनाइ सोही अनुसार कायम गर्ने । २) प्रत्येक उम्मेदवारको सबै पत्रहरुको जम्मा अंक पोष्टीङ गर्ने । ३) मेरिट लिष्ट बनाउने । ४) तोकिएका माग संख्याको आधारमा मेरिटमा परेका उम्मेदवारको विवरण संलग्न गरी नतिजा प्रकाशनको निर्णयको लागि पेश गर्ने । ५) अध्यक्षज्यूबाट निर्णयभएपछि मेरिटमा परेका उम्मेदवारहरुको नाम, थर, ठेगाना, बाबु, बाजेको नाम डिकोड गरी नतिजा प्रकाशनको सूचना प्रकाशन गरिने । छ) अन्तर्वार्ता अन्तर्वार्तामा आवश्यकता अनुसार आयोगका अध्यक्ष र सदस्यहरु र सम्बन्धित विषयका दक्ष समेतको -कम्तिमा ३ जनाको अन्तर्वार्ता समिति गठन गरिन्छ । यस्तो समिति गठन गर्दा एक दिन अगावै मात्र गोप्य रुपले समितिका सदस्यलाई सूचना गरिन्छ । अन्तर्वार्तामा अन्तर्वार्ताकर्ताहरुले उम्मेदवारको छुट्टा छुट्टै मूल्यांकन गर्दछन् । अन्तर्वार्ता समितिका सबै सदस्यहरुलाई लिखित परीक्षाको प्राप्ताङ्क र एक सदस्यले दिएको नम्बर अर्को सदस्यलाई समेत थाहा हुदैन । त्यसरी मूल्यांकन गरिएका फारामहरुलाई तत्काल सिलबन्दी गरी योग्यताक्रम प्रकाशन गर्ने वेलामा मात्र खोलिन्छ । यस्तो योग्यताक्रम प्रकाशन सम्बन्धी गोप्य काममा संलग्न आयोगका पदाधिकारी तथा कर्मचारीहरु योग्यताक्रम सूची प्रकाशित नभएसम्म गोप्यताको संवेदनशीलतालाई विचार गरी कार्यालयबाट बाहिर नजाने प्रचलन छ । तत्पश्चात् सफल हुने उम्मेदवारको नियुक्तिको लागि सम्बन्धित निकायमा सिफारिश गरिन्छ । शाखा अधिकृत अप्राविधिकको हकमा १० अंकको सामूहिक छलफलको मौखिक परीक्षा लिइन्छ । यसमा आयोगको सदस्यको अध्यक्षतामा मनोविज्ञानवेत्ता तथा एकजना विषय विशेषज्ञ सहित तीन सदस्यीय समिति रहने व्यवस्था छ । ज) सिफारिशको लागि योग्यताक्रम प्रकाशन अन्तर्वार्ताका सम्पूर्णा प्रक्रिया समाप्त भएपछि यथाशक्य छिटो योग्यताक्रम सूची प्रकाशित गरिन्छ । खुला प्रतियोगिताको योग्यताक्रम तयार गर्दा लिखित परीक्षाको प्राप्ताङ्क अन्तर्वार्ताको औसत अंक, शैक्षिक योग्यताको अंक, मनोवैज्ञानिक व्यक्तित्व परीक्षण सामूहिक छलफल सो बाहेक अन्य परीक्षा हुनेमा त्यस्ता परीक्षामा प्राप्त गरेका अंक समेत जोडी कूल प्राप्ताङ्कको आधारमा योग्यताक्रम सूची तयार गरिन्छ । यसरी योग्यताक्रम सूची तयार गर्न प्राप्ताङ्कहरु रहेका सिलबन्दी खाम खोल्दा सोको मुचुल्का गरी स्वीकृति गराएर मात्र खोल्नु पर्ने व्यवस्था छ । अन्तर्वार्ता लगायतका प्रक्रियाबाट योग्यताक्रम सूची तयार गर्दा उम्मेदवारहरुको कुल प्राप्ताङ्क बराबर हुन आएमा देहाय अनुसार योग्यताक्रम तयार गरिन्छ । क) लिखित परीक्षा हुनेमा लिखित परीक्षामा बढी अंक प्राप्त गर्नेलाई माथिल्लो क्रममा राख्ने । ख) लिखित परीक्षाको प्राप्ताङ्क बराबर भएमा अन्तर्वार्तामा बढी अंक पाप्त गर्नेलाई माथिल्लो क्रममा राख्ने । ग) खण्ड (क) र (ख) अनुसार पनि योग्यताक्रम नछुट्टिएमा शैक्षिक योग्यताको प्रमाणपत्रमा बढी अंक भएकोलाई माथिल्लो क्रममा राख्ने । घ) खण्ड (क), (ख) र (ग) अनुसार पनि योग्यताक्रम बराबर भएमा खुला प्रतियोगिताको हकमा नोकरी अवधिको अनुभवलाई आधार लिने र बढुवा प्रतियोगिताको हकमा एक तह मुनिको पदको ज्येष्ठतालाई आधार मानी योग्यताक्रम निर्धारण गर्ने । ङ) खण्ड (क), (ख), (ग) र (घ) अनुसार पनि योग्यताक्रम बराबर भएमा उमेरको हिसावले ज्येष्ठ कर्मचारीलाई ज्येष्ठ मानी योग्यताक्रम कायम गरिनेछ । यसरी योग्यताक्रम प्रकाशित गर्दा खुलातर्फको विज्ञापनमा माग पदसंख्याको आधारमा घटीमा २ जना र बढीमा १५% उम्मेदवारलाई वैकल्पिक उम्मेदवारको रुपमा राखिन्छ र त्यतिकै संख्यामा अस्थायी सूचीमा राखिन्छ । वैकल्पिकमा परेका उम्मेदवारहरु मूल सिफारिशमा परेका उम्मेदवारले नियुक्त नलिएमा वा मृत्यु भई वा निजले राजीनामा दिई वा निजको माथिल्लो पदमा नियुक्ति भई परीक्षणकालभित्रै निजले नियुक्ति लिएको पद रिक्त हुन आएमा सो रिक्त पदमा नियुक्ति पाउदछन् । अस्थायीको हकमा नेपाल सरकारबाट अस्थायी नियुक्तिको लागि माग भएमा अस्थायी सूचीबाट उम्मेदवार सिफारिश गरिन्छ । सिफारिश गर्दा कुन मन्त्रालय वा कार्यालयमा सिफारिश गर्ने हो उल्लेख गरिन्छ । राजपत्र अनंकित पदको हकमा उम्मेदवारले रोजेको कार्यालयमा सिफारिश गर्ने व्यवस्था छ । एक भन्दा बढी उम्मेदवारले एउटै कार्यालय रोजेमा योग्यताक्रमको माथिल्लो क्रममा पर्नेलाई सो कार्यालयमा सिफारिश गरिन्छ । तल्लो क्रममा पर्ने उम्मेदवार आफ्नो दोस्रो, तेस्रो रोजाइको कार्यालयमा नियुक्ति हुन सिफारिश हुन्छ । |
||||||||||||||||||||||||||||||||||||||||
| मूख घर | परिचय | संरचना | आयोग | विज्ञापन / सूचना | दरखास्त | परीक्षा | लिखित नतिजा | सिफारिस | बुलेटिन | पाठ्यक्रम | प्रकाशनहरु | कार्यतालिका | विविध | |||||||||||||||||||||||||||||||||||||||||