
आयोग अ न्तर्गत केन्द्रिय कार्यालय , ५ वटा क्षेत्रीय निर्देशनालय र ९ वटा अंचल कार्यालयहरु रहेका छन् ।
सचिवालयः
आयोगको केन्द्रिय कार्यालयमा ५ वटा महाशाखाहरु रहेका छन् र प्रत्येक महाशाखा अ न्तर्गत विभिन्न शाखाहरु रहेका छन् । महाशाखा तथा शाखाहरुवाट सम्पादन हुने कार्यहरुको विवरण देहाय बमोजिम छ ः
|
परीक्षा महाशाखा
यस महाशाखा अ न्तर्गत परीक्षा संचालन शाखा , लिखित परीक्षा नतिजा शाखा ( प्राविधिक ) र लिखित परीक्षा नतिजा शाखा ( अप्राविधिक ) शाखाहरु रहेका छन् । यस महाशाखाका प्रमुख कार्यहरु निम्नानुसार रहेका छन् ः
१ ) परीक्षा संचालन एवं उत्तरपुस्तिका परीक्षण सम्बन्धी आवश्यक नीति, नियम तर्जुमा सम्बन्धी काम गर्ने गराउने ।
२ ) परीक्षाका लागि आवश्यक प्रश्नपत्रहरु निर्माण गराउने र उत्तरपुस्तिकाहरु परीक्षण गराउने ।
३ ) प्रश्नपत्र भण्डार प्रण ा लीलाई विकास एवं व्यवस्थित गर्ने सम्वन्धी काम गर्ने गराउने ।
४ ) आयोगवाट संचालन हुने प्रतियोगितात्मक लिखित परीक्षा संचालन सम्वन्धी काम गर्ने गराउने ।
५ ) प्रथम कोड नं . को व्यवस्थापन गर्ने गराउने ।
६ ) लिखित परीक्षाको नतिजा प्रकाशन गर्ने सम्बन्धी कार्य गर्ने गराउने ।
७ ) परीक्षा सम्बन्धी कार्यमा समन्वय गर्ने गराउने ।
८ ) दक्षहरुको नाम अद्यावधिक गरी रोष्टर तयार गर्ने गराउने ।
९ ) महाशाखालाई तोकिएका अन्य कार्यहरु गर्ने ।
प्रश्नपत्र परिमार्जन एवं सिफारिश महाशाखा
यस महाशाखा अन्तर्गत प्रश्नपत्र परिमार्जन शाखा र अन्तर्वार्ता एवं सिफारिश शाखा रहेका छन् । यस महाशाखाका कार्यहरु निम्नानुसार रहेका छन् ः
१ ) परीक्षाका लागि आवश्यक प्रश्नहरु परिमार्जन गर्ने गराउने ।
२ ) अन्तर्वार्ता सम्बन्धी कार्य गर्ने ।
३ ) उम्मेदवारहरुको माग बमोजिम सिफारिश गर्ने सम्बन्धी कार्य गर्ने गराउने ।
४ ) परीक्षाको लागि आवश्यकता अनुसार प्रश्नपत्र छपाई सम्बन्धी काम गर्ने गराउने ।
५ ) महाशाखालाई तोकिएका अन्य कार्यहरु गर्ने ।
प्रशासन तथा निरीक्षण महाशाखा
यस महाशाखा अन्तर्गत प्रशासन तथा निरीक्षण शाखा र आर्थिक प्रशासन शाखा रहेका छन् । यस महाशाखाका मुख्य कार्यहरु देहाय अनुसार छन् ।
१ ) आयोगको सामान्य तथा कर्मचारी प्रशासन र जनसर्म्पर्क सम्बन्धी काम गराउने ।
२ ) आयोगको संगठन तथा कार्यविधिमा समसामयिक सुधार गर्न र्सर्वेक्षण गर्ने गराउने ।
३ ) योजना कार्यक्रम तथा बजेट तयार गर्ने, लेखा संचालन गर्ने, नगदी, जिन्सी, राजस्व आदिको दुरुस्त हिसाब राख्न लगाउने र लेखा परीक्षण सम्बन्धी काम गराउने ।
४ ) निरीक्षण सम्बन्धी काम गराउने ।
५ ) महाशाखालाई तोकिएका अन्य कार्यहरु गर्ने ।
परीक्षण प्रविधि , पाठ्यक्रम तथा प्रकाशन महाशाखा
१ ) आयोगबाट हुने परीक्षाहरुको लागि पाठ्यक्रम, परीक्षण प्रविधि सम्बन्धी काम गर्ने ।
२ ) निजामती सेवाको विभिन्न पक्षमा अनुसन्धानात्मक अध्ययन र विश्लेषण सम्बन्धी काम गर्ने गराउने ।
३ ) आयोगको कामसंग सम्बन्धित विभिन्न पक्षको अध्ययन तथा अनुसन्धान सम्बन्धी काम गर्ने गराउने ।
४ ) शैक्षिक योग्यता निर्ध ारण र उपाधिको मान्यता सम्बन्धी काम गर्ने गराउने ।
५ ) आयोगको काम सम्बन्धी विभिन्न पक्षमा तालिम, गोष्ठी एवं प्रशिक्षणको आयोजना गर्ने गराउने ।
६ ) महाशाखालाई तोकिएका अन्य कार्यहरु गर्ने ।
कानून महाशाखा
१ ) निजामती सेवा सम्बन्धी कानूनको विषयमा परामर्श कारवाही गर्ने ।
२ ) सैनिक सेवा, सशस्त्र प्रहरी सेवा, प्रहरी सेवा र सरकारी सेवाको पदमा नियुक्ति र बढुवा गर्दा अपनाउनु पर्ने सामान्य सिद्धान्तको विषयमा परामर्श सम्बन्धी कार्यहरु गर्ने ।
३ ) कुनै सार्वजनिक संस्थाको सेवाका कर्मचारीको सेवाका शर्त सम्वन्धी प्रचलित कानून र त्यस्तो सेवाका पदको नियुक्ति, बढुवा र विभागीय कारवाही गर्दा अपनाउनु पर्ने सामान्य सिद्धान्तको विषयमा परामर्श सम्बन्धी कार्यहरु गर्ने ।
४ ) निजामती कर्मचारीलाई दिइने विभागिय सजांयको विषयमा परामर्श सम्बन्धी कार्यहरु गर्ने ।
५ ) निजामती कर्मचारीको बढुवा उजूरी सम्बन्धी विषयमा कारवाही गर्ने ।
६ ) आयोग पक्ष विपक्षी भएको मुद्दामा निवेदन, प्रतिउत्तरपत्र, लिखित जवाफ तयार गर्ने ।
७ ) निजामति सेवाका कर्मचारीको अन्तर सेवा, समुह वा उपसमुह परिवर्तन गर्ने सम्बन्धमा कारवाही गर्ने ।
८ ) संबैधानिक अंग वा निकाय, अदालत, नेपाल सरकारका मन्त्रालय, सचिवालय, आयोग, विभाग वा सो अन्तरगतका कार्यालयवाट प्राप्त भएका कार्यसम्पादन मूल्यांकन फारमहरुको अभिलेख व्यवस्थित गर्ने ।
९ ) आयोगको काम कारवाहीको सम्बन्धमा कानूनी राय सल्लाह उपलब्ध गराउने ।
१० ) आयोगसंग सम्बन्धीत ऐन, नियम, निर्देशिका एवं कार्यविधिको तर्जुमा सम्बन्धी कार्यहरु गर्ने ।
११ ) महाशाखालाई तोकिएका अन्य कार्यहरु गर्ने ।
परीक्षा संचालन शाखा
१ ) लिखित परीक्षाको लागि आवश्यकतानुसार प्रश्नपत्रहरु तयार गर ाई प्रश्नपत्र परिमार्जन शाखामा पठाउने ।
२ ) परीक्षा भवनको व्यवस्था गरी परीक्षा संचालन गर्ने गराउने ।
३ ) उत्तर पुस्तिका संकलन गरी प्र थ म कोड नं . राखी दास्रो कोड नं . राख्नको लागि समबन्धीत अधिकारी समक्ष पेश गर्ने ।
४ ) परीक्षा संचालन सम्बन्धी सुधारबारे आवश्यक सुझाव पेश गर्ने ।
५ ) सामूहिक छलफल र अन्य परीक्षा संचालन सम्बन्धी काम गर्ने ।
६ ) विभिन्न विषयमा प्रश्न निर्माणकर्ता, मोडरेटर, दक्ष तथा विशेषज्ञहरुको नामावली संकलनगरी अद्यावधिक गराई राख्ने ।
७ ) आयोगको कार्यतालिका अनुसार लिखित परीक्षाको मिति निर्धारण गर्ने ।
८ ) दरखास्तहरु विज्ञापन अनुसार मिले नमिलेको छानवीन गरी स्वीकृत नामावली तयार गर्ने ।
९ ) दरखास्त सम्बन्धी परेका समस्या बारे अध्ययन गरी परीक्षा संचालन अगावै टुंगो लगाउने ।
१० ) शाखालाई तोकिएका अन्य कार्यहरु गर्ने ।
लिखित परीक्षा नतिजा शाखा ( प्रा .)
१ ) उत्तर पुस्तिकाहरु परीक्षण गराउने व्यवस्था गर्ने ।
२ ) परीक्षण भई प्राप्त उत्तर पुस्तिकाहरुको प्राप्तांक रुजु गरी टेबुलेशन गर्ने ।
३ ) माग पदको आधारमा नतिजा प्रकाशित गर्ने र सम्बन्धित शाखा / कार्यालयहरुसंग समन्वय राखी अन्तर्वार्ता कार्यक्रम निर्धारण गर्ने ।
४ ) लिखित परीक्षाको पुनर्योगको सम्बन्धी कार्य गर्ने ।
५ ) शाखालाई तोकिएका अन्य कार्यहरु गर्ने ।
लिखित परीक्षा शाखा ( अप्रा .)
१ ) उत्तर पुस्तिकाहरु परीक्षण गराउने व्यवस्था गर्ने ।
२ ) परीक्षण भई प्राप्त उत्तर पुस्तिकाहरुको प्राप्तांक रुजु गरी टेबुलेशन गर्ने ।
३ ) माग पदको आधारमा नतिजा प्रकाशित गर्ने र सम्बन्धित शाखा / कार्यालयहरुसँग समन्वय राखी अन्तर्वार्ता र अन्तिम परीक्षाहरुको कार्यक्रम निर्धारण गर्ने ।
४ ) लिखित परीक्षाको पुनर्योग सम्बन्धी कार्य गर्ने ।
५ ) शाखालाई तोकि ए का अन्य कार्यहरु गर्ने ।
प्रश्नपत्र परिमार्जन शाखा
१ ) परिमार्जनद्वारा प्रश्नपत्र स्तरीय र पाठ्यक्रम अनुरुप बनाउनको लागि समयमै दक्षहरुको मनोनयन गराउने ।
२ ) दक्षहरुले प्रश्नपत्र परिमार्जन गर्दा अपनाउनु पर्ने प्रक्रिया र आयोगबाट स्वीकृत मान्यता सम्बन्धमा आवश्यक जानकारी दिने ।
३ ) आवश्यक संख्यामा परिमार्जित प्रश्नपत्रहरु तयार गर्ने गराउने ।
४ ) आवश्यक सेट मिलाई प्रश्नपत्र भण्डारमा परीक्षा सुरु हुनुभन्दा कम्तिमा दुई हप्ता अगावै उपलब्ध गराउने ।
५ ) परीक्षा संचालन पश्चात समयमै उत्तरपुस्तिका परिक्षणार्थ तोकिए बमोजिम उत्तर तालिका र परिक्षण गाइड लाइन समेत लिखित परीक्षा नतिजा शाखाहरुलाई उपलब्ध गराउने ।
६ ) शाखालाई तोकिएका अन्य कार्यहरु गर्ने ।
अन्तर्वार्ता ताथ सिफारिस शाखा
१ ) कार्यक्रम अनुसार तोकिएको समयमा उम्मेदवारहरुको प्रयोगात्मक परीक्षा र अन्तर्वार्ताको व्यवस्था गर्ने ।
२ ) खुला तर्फअर्न्वार्ताबाट सिफारिस भएका उम्मेदवारहरुको प्रहरी प्रतिवेदन सम्बन्धी काम गर्ने ।
३ ) अन्तर्वाताको अगावै उम्मेदवारहरुले पेश गरेको कागजातको सक ् कल प्रमाण भि डाई प्रमाणित गर्ने ।
४ ) उम्मेदवारहरुको योग्यताक्रम तयार गरी सिफारिस गर्ने ।
५ ) सिफारिश भएका उम्मेदवारहरुको लगत राखी नियमानुसार नियुक्ति दिइए नदिइएको अनुगमन गर्ने ।
६ ) शाखालाई तोकिएका अन्य कार्य गर्ने ।
प्रशासन तथा निरक्षिण शाखा
१ ) आयोगको आन्तरिक, सामान्य प्रशासन तथा कर्मचारी प्रशासन सम्बन्धी काम गर्ने ।
२ ) जनसर्म्प क को प्रवन्ध गर्ने ।
३ ) आयोगको आवश्यकताअनुसार प्रशासकीय स र्वेक्षण गरीगर्राई प्रतिवेदन तयार गर्ने र स्वीकृत सिफारिसहरु कार्यान्वयन गर्ने गराउने ।
४ ) आयोगका चल अचल सम्पत्तीहरुको सुरक्षा तथा सम्भार गर्ने ।
५ ) मालसामान खरीद र वितरण गर्ने ।
६ ) स्टोर संचालन गर्ने ।
७ ) निरक्षिण सम्बन्धी कार्य गर्ने ।
८ ) आयोगको बैठक संचालन सम्बन्धी काम गर्ने ।
९ ) विभिन्न पदका पाठ्यक्रम, दरखास्त फाराम, बुलेटिन र अन्य सबै प्रकारका आयोगका प्रकाशनको विक्री - वितरणको व्यवस्था मिलाउने ।
१० ) आयोगको ( पदपूर्ति सम्बन्धी बाहेक ) विज्ञापन, सूचना तथा आवश्यकतानुसार अन्य सबै किसिमका प्रचार प्रसार सम्बन्धी काम गर्ने ।
११ ) शाखालाई तोकिएका अन्य कार्यहरु गर्ने ।
आर्थिक प्रशासन शाखा
१ ) आयोग र अ न्तर्गत कार्यालयहरुको बाषिर्क बजेट तर्जुमा गर्ने ।
२ ) लेखा संचालन, लेखा परीक्षण र बेरुजु फछ्यौट सम्बन्धी काम गर्ने ।
३ ) राजश्वको हिसाब दुरुस्त राख्ने र सो को प्रतिवेदन तयार गर्ने ।
४ ) केन्द्रीय लेखा राख्ने ।
५ ) बजेट निकासा गर्ने गराउने ।
६ ) खर्चको अनुगमन गर्ने ।
७ ) आर्थिक कारोबारको क्रममा राय दिने ।
८ ) आर्थिक तथ्यांक उपलब्ध गराउने ।
९ ) शाखालाई तोकिएका अन्य कार्यहरु गर्ने ।
परीक्षण प्रविधि तथा अनुसन्धान शाखा
१ ) परीक्षण प्रविधिको विकास र परीक्षा स म् बन्धी अनुसन्धान गरी परीक्षण प्रविधिलाई समसामयिक बनाउँदै लैजाने ।
२ ) मनोबैज्ञानिक व्यक्तित्वपरीक्षण सम्बन्धी काम गर्ने ।
३ ) सेवा समूह वा व्यवसायलाई मिल्दो किसिमको अन्तर्वार्ता प्रविधिको विकास गर्ने ।
४ ) निजामति सेवाका विभिन्न पदहरुको आवश्यक न्यूनतम शैक्षिक योग्यता निर्धारण गर्ने ।
५ ) परीक्षा र परीक्षण प्रविधि सम्बन्धी गोष्ठी, अध्ययन, अनुसन्धान र विश्लेषण गर्ने ।
६ ) शैक्षिक उपाधिको मान्यता सम्बन्धी काम गर्ने ।
७ ) वस्तुगत प्रणालीबाट हुने परीक्षाको उत्तर पुस्तिका परीक्षण सम्बन्धी काम गर्ने ।
८ ) निजामति कर्मचारी प्रशासन सम्बन्धी क्षेत्रमा सल्लाह दिने ।
९ ) निजामती सेवाका विभिन्न पदहरुको कार्य सम्बन्धी काम गर्ने ।
१० ) शाखालाई तोकिएका अन्य कार्यहरु गर्ने ।
पाठ्यक्रम तथा मूल्यांकन शाखा
१ ) लिखित परीक्षाको लागि पाठ्यक्रम निर्माण तथा परिमार्जनको व्यवस्था गर्ने ।
२ ) प्रत्यायोजित अधिकार अ न्तर्गत का पदहरुको लागि दिइने परीक्षाका पाठ्यक्रम निर्माण सम्बन्धी व्यवस्था गर्ने ।
३ ) निजामती सेवाको पाठ्यक्रम क्षेत्रभित्र आइपर्ने समस्या समाधानमा सुझाव दिने ।
४ ) पाठ्यक्रमको उपयुक्तता, सामयिकता र प्रभावकारीता सम्बन्धी अध्ययन विश्लेषण गर्ने ।
५ ) पाठ्यक्रम सम्बन्धमा विभिन्न क्षेत्रसँग स म्पर्क राखी सो सम्बन्धमा मन्तव्य तथा प्रतिक्रिया लिने ।
६ ) पाठ्यक्रमको मूल्यांकन र अन ु गमन गर्ने ।
७ ) शाखालाई तोकिएका अन्य कार्यहरु गर्ने ।
सूचना तथा प्रकाशन शाखा
१ ) खुला तथा बढुवाबाट पूर्ति गरिने पदहरुको माग संकलन, प्रतिशत निर्धारण तथा योजनवद्ध कार्यक्रम समेत तयार गर्ने र विज्ञापन तथा सूचना प्रकाशित गर्ने ।
२ ) निजामती सेवा सम्बन्धी विभिन्न पक्षहरु ( माग, नियुक्ति, सरुवा, बढुवा, आचरण, विभागीय कारवाही तथा जनशक्ति ) सम्बन्धी तथ्यांक संकलन गर्ने र तत्सम्बन्धी अध्ययन तथा विश्लेषण गर्ने ।
३ ) निजामती सेवा सम्बन्धी प्राप्त तथ्यांकहरुको अभिलेख तयार गर्ने ।
४ ) आयोगको बाषिर्क कार्य तालिका र आवधिक एवं बाषिर्क प्रगति प्रतिवेदन तयार गर्ने ।
५ ) विभिन्न पदहरका पाठ्यक्रम, दरखास्त फाराम, बुलेटिन, निजामती सेवा पत्रिका र आयोगबाट प्रकाशन गरिनु पर्ने अन ् य सामग्रीहरु प्रकाशित गर्ने ।
६ ) आयोगका विज्ञापन र सूचनाहरको प्रचार प्रसार सम्बन्धी काम गर्ने ।
७ ) पुस्तकालयको व्यवस्था, विकास र सुधार सम्बन्धी काम गर्ने ।
८ ) निजामती सेवा सम्बन्धी स्वदेशी अनुसन्धात्मक कृतिहरुक ो संकलन तथा डकुमेन्टेशन सम्बन्धी काम गर्ने ।
९ ) निजामती सेवा ऐन, नियम, लोक सेवा आयोग कार्यविधि ऐन, नियम, निर्देशिकाहरुको सुधारका लागि आवश्यक हुने तथा आयोगको परामर्श निमित्त उपय ुक्त हु ने किसिमका तथ्यांक र आधारहरु तयार गर्ने ।
१० ) आयोगको कम्प्युटर तथा प्रेश युनिटको संचालन, सम्भार, विकास तथा व्यवस्थापन सम्बन्धी कार्य गर्ने ।
११ ) आयोगका आन्तरिक गोष्ठीहरुको संचालन गर्ने ।
१२ ) शाखालाई तोकिएका अन्य कार्यहरु गर्ने ।
नीति नियम तथा कार्यसम्पादन मूल्यांकन फाराम अभिलेख शाखा
१ ) निजामती सेवाका शर्त तथा सुविधा, सरुवा, बढुवा, सेवापरिवर्तन तथा विभागिय सजाय आदि विषयममा नीति निर्धारण सम्बन्धी काम गर्ने ।
२ ) आयोगको कार्यविधि सम्बन्धमा राय सुझाव पेश गर्ने ।
३ ) निजामती सेवा ऐन, नियमहरुको संशोधन सम्बन्धमा आयोगको निर्णयानुसार सम्बन्धित निकायलाई परामर्श उपलब्ध गराउने ।
४ ) आयोगको अधिकार प्रत्योजन सम्बन्धमा राय सुझाव पेश गर्ने र प्रत्यायोजित अधिकारको प्रभावकारिता सम्बन्धमा अध्ययन विशलेषण गर्ने ।
५ ) एक सेवा, समूह वा उपसमूहबाट अर्को सेवा, समूह वा उपसमूहमा सेवा परिवर्तनका लागि नीति निर्धारण गर्न राय पेश गरी आयोगको स्वीकृति बमोजिम आवश्यक कारवाही गर्ने ।
६ ) संबैधानिक अंग वा निकाय, अदालत, नेपाल सरकारका मन्त्रालय, सचिवालय, आयोग, विभाग वा सो अन्तरगतका कार्यालयबाट प्राप्त भ ए का कार्यसम्पादन मूल्यांकन फारामहरुको अभिलेख व्यवस्थित राख्ने ।
७ ) यस शाखालाई निर्दिष्ट गरिएका अन्य कार्य गर्ने ।
बढुवा उजुरी तथा विभागिय सजाय परामर्श शाखा
१ ) निजामती कर्मचारीलाई दिइने विभागीय सजाय सम्बन्धमा आयोगबाट स्वीकृत भए बमोजिम परामर्श दिने ।
२ ) निजामती सेवाका पदहरुको नियुक्ति, बढुवा तथा सेवा शर्त सम्बन्धी उजुरीहरुमा आवश्यक कारवाही गर्ने ।
३ ) आयोगलाई विपक्षी बनाई अदालतमा परेको रिट निवेदन सम्बन्धमा आवश्य कारवाही गर्ने ।
४ ) आयोगको काम कारवाहीको सम्बन्धमा आवश्यक कानूनी राय सल्लाह उपलब्ध गराउने ।
५ ) यस शाखालाई निर्दिष्ट गरिएका अन्य कार्यहरु गर्ने ।