English| मूख घर | सम्पर्क
परिचय
संरचना
आयोग
विज्ञापन / सूचना
दरखास्त
परीक्षा
लिखित नतिजा
सिफारिस
बुलेटिन
पाठ्यक्रम
प्रकाशनहरु
कार्यतालिका
नागरिक बडापत्र
विविध

Get Adobe Reader
Adobe Reader version 6 or higher required

Records 1 to 9 of 9
मिति शिर्षक विवरण पुरा विवरण
२०६६/०८/११दक्ष/विज्ञहरुको सूची (रोष्टर) अद्यावधिक गर्ने सूचनालोक सेवा आयोगले परीक्षा सम्बन्धी कार्यमा प्रयोग गर्ने दक्ष/विज्ञहरुको सूची (रोष्टर) अद्यावधिक गर्न लागेको हुँदा आयोगको दक्ष/विज्ञहरुको सूची (रोष्टर) मा नाम समावेश गराउन इच्छुक दक्ष/विज्ञहरुबाट २०६६ पौष १० गते भित्र आफ्नो विवरण यस आयोगको परीक्षा महाशाखामा आइपुग्ने गरी पठाउन अनुरोध गरिन्छ । बिवरण भर्ने निवेदन फाराम आयोगको वेभसाइट www.psc.gov.np वाट डाउनलोड गरी प्राप्त गर्न सकिने छ । आफ्नो बिवरण इमेल ठेगाना roster.psc@gmail.com मार्फत वा आयोगको क्षेत्रीय निर्देशनालयहरु / अञ्चल कार्यालयहरुमा समेत बुझाउन सकिने व्यहोरा अनुरोध छ । 
२०६६/०७/२२लेख रचना उपलब्ध गराउने सम्बन्धी सूचनालोक सेवा आयोगले नियमित रुपमा प्रकाशन गर्दै आएको निजामती सेवा पत्रिका बर्ष३१ अंक १ प्रकाशन गर्न लागेको व्यहोरा सम्बन्धित सबैलाई जानकारी गराउँदै इन्छुक लेखकहरुबाट लेख रचना उपलब्ध गर्राईदिनु हुन अनुरोध गरिन्छ । उत्कृष्ट लेख रचना वापत उचित पारिश्रमिकको व्यवस्था गरिएको व्यहोरा समेत जानकारी गराइन्छ ।  
२०६५/०६/२८प्रारम्भिक परीक्षाको दरखास्त फारामको लागि यहाँ Click गर्नुहोस्दरखास्त फारामको नमूना माथि दिइएको Link मा Click गरि Download गरेर आवश्यक विवरण भरि तोकिएको कागजात सहित साधारण फाइलमा विज्ञापन नं, सेवा, समूह, उपसमूह र उम्मेदवारको नाम थर लेखि फाइलमा नत्थी गरि आयोगको केन्द्रिय, क्षेत्रिय तथा अन्चल कार्यालयमा बुभmfउन सकिने छ वा A4 साइजमा फरक नपारि फोटोकपि गरि कम्प्यूटर टाइप गरि वा आयोगको कार्यालयमा मैज्दात रहेसम्म जुनसुकै रंगको फाराम खरिद गरि विवरण भरी बुभmfउन सकिने छ । तर हातले लेखेको दरखास्त लाइ मान्यता दिइने छैन । ...... 
२०६४/११/१५दक्ष/विज्ञहरुको विवरण (रोष्टर)श्री सम्पुर्ण सरोकारवाला महानुभावहरु, यस आयोगको आन्तरिक प्रयोजनमा रहेको दक्ष/विज्ञहरुको विवरण (रोष्टर)लाई अध्यावधिक गरिदैछ । तर्सथ आयोगको दक्ष/विज्ञहरुको विवरणमा आफ्नो नाम राख्न चाहनु हुने महानुभावहरुले निम्न ढाचाँको फाराममा आफ्नो विवरण भरी info@psc.gov.np मा इ-मेल गर्नु होला वा आयोगको पोष्टबक्स नं. ८९७९ वा फ्याक्स नं. ४४१९८८५ वा आयोगको केन्द्रीय कार्यालयमा २०६४/१२/१५ भित्र पुग्ने गरी पर्ठाई आयोगलाई सहयोगगरिदिनु हुन विनम्र अनुरोध गरिन्छ । लोक सेवा आयोग 
२०६४/०९/१८पाठ्यक्रम एवं परीक्षा प्रणाली पुनरावलोकन कार्यदलको सूचनालोक सेवा आयोगबाट लिइने प्राविधिक/अप्राविधिक राजपत्रांकित/राजपत्र अनंकित (खुला र आन्तरिक परीक्षाद्वारा पदपूर्ति गरिने) सबै पदहरुको विद्यमान पाठ्यक्रम एवं परीक्षा प्रणाली पुनरावलोकन गरी परिवर्तित सर्न्दर्भमा पाठ्यक्रम एवं परीक्षा प्रणालीको नयाँ स्वरुप तयार गर्न उच्चस्तरिय कार्यदल गठन भई कार्यदलले आफ्नो कार्य शुरु गरिसकेको छ । यसै सर्न्दर्भमा उपरोक्त पाठ्यक्रम एवं परीक्षा प्रणाली बारे आगामी माघ ७ गते भित्र आफ्नो राय, सुझाव, प्रतिक्रिया निम्न ठेगानामा पठाई सहयोग गरी दिनु हुन सबैलाई कार्यदल हार्दिक अनुरोध गर्दछ ।... ... ...  
२०६४/०९/०४समावेशी तर्फका उम्मेदवारहरुले थप कागजातहरु समेत पेश गर्नु पर्नेसमावेशी तर्फदरखास्त दिने उम्मेदवाहरुले निजामती सेवा नियमावली, २०५० -सातौं संशोधन) को दफा १४ मा व्यवस्था भए अनुसारको निम्न बमोजिमका कागजातहरु समेत पेश गर्नु पर्नेछ । -क) आदिवासी/जनजातीका हकमा नेपाल आदिवासी/जनजाती उत्थान राष्ट्रिय प्रतिष्ठान ऐनमा सूचिकृत भएको जातिको हकमा सोही सूचीको आधारमा, तर नेपाल आदिवासी/जनजति उत्थान राष्ट्रिय प्रतिष्ठान ऐनमा सूचिकृत भएको जाति भित्र एकभन्दा बढी थरहरु भएमा सम्बन्धित स्थानिय निकायको प्रमुखको सिफरिशमा प्रमुख जिल्ला अधिकारीबाट सूचीकृत भएको जाति भित्रको थर भनी प्रमाणित गर्राई दरखास्त साथ पेश गर्नु पर्नेछ ....... 
२०६४/०३/०३निजामति कर्मचारीको बढुवा सिध्दान्त र व्यवहारलोक सेवा आयोगको ५७ औ वाषिर्कोत्सवको उपलक्ष्यमा आज मिति २०६४ साल जेठ ३१ गतेका दिन आयोगको केन्द्रीय कार्यालय कमलपोखरीमा "निजामती कर्मचारीको बढुवा : सिद्धान्त र व्यवहार" विषयक अन्तरक्रिया कार्यक्रमको आयोजना गरियो । ‌..... 
२०६४/०१/१०प्रेस-विज्ञप्तिलोक सेवा आयोगका माननीय सदस्य श्रीमती विजया के.सी.ज्यूको कार्यकाल संवैधानिक प्रावधान बमोजिम उमेरको हदको कारणबाट मिति २०६४।१।१० गते बाट समाप्त भएको छ । वहाँ मिति २०६१।९।२६ गते देखि आयोगको सदस्यको रुपमा वहाल हुनुहुन्थ्यो । श्रीमती के.सी.ज्यू आयोगको सदस्यको रुपमा नियुक्त हुनु अघि लामो समयसम्म निजामती सेवामा कार्यरत हुनुहुन्थ्यो ।.....  
२०६३/१२/२१पदसंख्या थप गरिएको सूचनाआयोगको मिति २०६३।११।३० गतेको बुलेटिन तथा गोरखापत्रमा प्रकाशित स्वास्थ्य सेवाको (कार्य क्षमता मूल्याङ्कन बढुवा) नवौं तहको साविक विज्ञापित पदसंख्यामा देहाय बमोजिम पदथपका लागि मागसंख्या प्राप्त भएकाले निम्न बमोजिम पदथप गरिएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ .......... 
मूख घर | परिचय | संरचना | आयोग | विज्ञापन / सूचना | दरखास्त | परीक्षा | लिखित नतिजा | सिफारिस | बुलेटिन | पाठ्यक्रम | प्रकाशनहरु | कार्यतालिका | नागरिक बडापत्र | विविध