|
||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
|
||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
|
![]() ![]()
कार्यालय भवन
वि.सं. २००७ सालमा देशमा प्रजातन्त्रको स्थापना सँगै निजामती कर्मचारीको नियुक्ति छुट्टै र स्वतन्त्र निकायबाट गर्ने उद्देश्यले वि.सं. २००८ साल असार १ - (तदनुसार १५ जुन १९५१ इ.स.) गते लोक सेवा आयोगको स्थापना भएको हो । यस आयोगले निजामती सेवाका पदमा उपयुक्त उम्मेदवार छनौट गर्ने कार्य गर्दछ । नेपालको अन्तरिम संविधान २०६३ को भाग १३ मा लोक सेवा आयोग सम्बन्धि व्यवस्था गरिएको छ । गठन नेपालको अन्तरिम संविधानको धारा १२५ अनुसार नेपालमा एक लोक सेवा आयोग हुनेछ जसमा अध्यक्ष र आवश्यकता अनुसार अन्य सदस्यहरु रहनेछन् । अध्यक्ष र सदस्यहरुको पदावधि नियुक्ति भएको मितिले ६ वर्षको हुनेछ । अध्यक्ष र सदस्यलाई सर्वोच्च अदालतको न्यायाधीश सरह समान आधारमा र समान तरिकाले पदबाट हटाउन सकिनेछ । काम, कर्तव्य र अधिकार नेपालको अन्तरिम संविधान २०६३ को धारा १२६ अनुसार लोक सेवा आयोगको काम, कर्तव्य र अधिकार निम्नानुसार रहेका छन् :- ( १) निजामती सेवाको पदमा नियुक्तिको निमित्त उपयुक्त उम्मेदवार छनौट गर्न परीक्षा सञ्चालन गर्नु लोक सेवा आयोगको कर्तव्य हुनेछ ।
( ४) उपधारा ( ३) मा जुनसुकै कुरा लेखिएको भए तापनि धारा ११४ बमोजिम न्याय सेवा आयोगको अधिकारक्षेत्रभित्र पर्ने विषयमा सोही बमोजिम हुनेछ । छनौटको प्रक्रिया लोक सेवा आयोग कार्यविधि ऐन, २०४८ अनुसार आयोगले देहायको कुनै एक वा एकभन्दा बढी तरीकाद्बारा उपयुक्त उम्मेदवार छनौट गर्नेछ ः क) खुला प्रतियोगितात्मक लिखित परीक्षा, ख) खुला प्रतियोगितात्मक प्रयोगात्मक परीक्षा, ग) छनौट, घ) अन्तर्वार्ता र ङ) आयोगले तोकेका अन्य तरीकाहरु । उम्मेदवार छनौट प्रक्रियाको लागि आयोगले बार्षिक कार्यतालिका तयार गर्दछ । जसमा विभिन्न चरणमा हुने छनौट प्रकृयाहरुको बिवरण समेत उल्लेख हुन्छ । सम्बन्धित निकायवाट रिक्त पद पूर्ति गर्न माग प्राप्त भए पछि लोक सेवा अयोगले सम्वन्धित ऐन नियम अनुसार पद पूर्तिको लागि संख्या निर्धारण गर्ने गरिन्छ । यसरी पदसंख्या निर्धारण भैसकेपछि आयोगको साप्ताहिक रुपमा प्रत्येक बुधवार प्रकाशित हुने बुलेटिन र गोरखापत्र राष्ट्रिय दैनिकमा विज्ञापन प्रकाशन गर्ने गर्दछ । विज्ञापन गर्दा ३० दिन र दोव्वर दस्तुरी तिरी थप ७ दिनको म्याद दिई दरखास्त आव्हान गरिन्छ । खुला तथा आन्तरिक प्रतियोगितात्मक परीक्षाको लागि विज्ञापन प्रकाशित भैसकेपछि आयोगको केन्द्रीय कार्यालय, क्षेत्रीय निर्देशनालय र अंचल कार्यालयहरुमा विज्ञापित पदको दरखास्त लिइन्छ । यसरी विज्ञापित पदका लागि प्राप्त भएका दरखास्त उपर छानविन गरी परीक्षार्थीलाई परीक्षामा समेल हुन पाउने प्रवेश पत्र जारी गरीन्छ । छनौट प्रक्रियामा निष्पक्षता र शुद्धता कायम गर्नको लागि आयोगले प्रश्नपत्र निर्माण, प्रश्नपत्र परिमार्जन, उत्तरपुस्तिका परीक्षण, अन्तर्वार्ता संचालन तथा लिखित परीक्षा र अन्तर्वार्तामा संलग्न पदाधिकारीलाई एक अर्काको काम कारवाहीका बिषय थाहा पाउन नसक्ने प्रणाली अवलम्वन गरी तटस्थ राख्ने नीति अख्तियार गरेको छ । उक्त कार्यहरु सम्पादन गर्ने क्रममा सम्वन्धित सेवा समूह र पदको परीक्षा संचालनको लागि आवश्यक पर्ने प्रश्नपत्रहरु निर्माण गर्न सम्वन्धित विषयका दक्षलाई पठाइने र गोप्य शीलवन्दी रुपमा प्रश्नपत्रको सेट प्राप्त हुने, उक्त कच्चा प्रश्नपत्रका सेटहरु मध्ये पुनः सोही बिषयका अर्को दक्षलाई वोलाई कम्तीमा ५ सेट तयारी प्रश्नपत्र निर्माण गरी प्रत्येक सेटलाई छुट्टै संकेत नम्वर दिई राखिने र परीक्षा संचालनको समयमा उक्त सेटहरुमध्ये आयोगका सम्माननीय अध्यक्षवाट संकेत नम्वरका आधारमा छनौट भएको प्रश्नपत्रको सेट प्रयोगमा ल्याइन्छ । लिखित परीक्षा संचालन पछि प्राप्त भएका समपूर्ण उत्तरपुस्तिकाहरुमा परीक्षा संचालन शाखाले प्रथम कोड राख्ने र दोश्रो कोड राख्नका लागि अन्य कुनै शाखाका पदाधिकारीलाई जिम्मा दिने प्रचलन रहेबाट परीक्षामा उच्चतम गोप्यता कायम हुने गरेको छ । यसरी दोश्रो कोड पछि प्राप्त उत्तरपुस्तिकाहरु सम्माननीय अध्यक्षले तोकेका सम्वन्धित बिषयका दक्ष/विशेषज्ञहरुलाई परीक्षणको लागि पठाइन्छ । परीक्षण पछि प्राप्त भएका उत्तरपुस्तिकाहरुको प्राप्ताङ्क टेवुलेशन गरी कोडको आधारमा डिकोड गरी नतिजा प्रकाशन गरीन्छ । अन्तर्वार्ताका लागि छनोट भएका उम्मेदवारहरुलाई सम्वन्धित बिषयमा दक्ष समेतको संलग्नतामा अन्तर्वार्ता लिने र एकले दिएको अंक अर्कोले नदेख्ने गरी गोप्य रुपमा राखिने र उम्मेदवारको योग्यताक्रम तथा सिफारिश गर्ने समयमा मात्र खोलिन्छ । यसका साथै लिखित परीक्षामा उम्मेदवारले प्राप्त गरेको अंक अन्तर्वार्ता लिने क्रममा थाहा नहुने गरी योग्यताक्रम तथा सिफारिश गर्ने समयमा मात्र पठाइने गरिन्छ । लोक सेवा आयोगले प्रश्नपत्र निर्माण, प्रश्नपत्र परिमार्जन, उत्तर पुस्तिका परिक्षण, अन्तर्वार्ता, मनोबैज्ञानिक व्यक्तित्व परीक्षण, पाठ्यक्रम निर्माण लगायतका आयोगको कामका लागि सम्वन्धित शाखाले सम्वन्धित बिषयका आवश्यक संख्यामा दक्षहरुको नाम समावेश भएको सूचीलाई समय समयमा अद्यावधिक गराइ दक्ष र विशेषज्ञहरुको सूची राख्दै आएको छ । आयोगले उनीहरुलाई गोप्यरुपवाट कुनै खास प्रकारको छनौट कार्यको लागि तोक्ने गर्दछ । आयोगले निश्चित पदहरु, जसमा उम्मेदवार बढी संलग्न हुन्छन् त्यसमा Screening Test को प्रक्रिया प्रारम्भ गरिसकेको छ । यसबाट प्रारम्भिक चरणको परीक्षामा उत्तीर्ण हुनेहरु मात्र मूल परीक्षामा संलग्न हुन पाउने व्यवस्था गरेको छ । खुला प्रतियोगितावाट उम्मेदवारको अन्तिम छनौट भएपछि नियुक्तिका लागि राजपत्रांकित पदको हकमा निजामती सेवाको पद भएमा सामान्य प्रशासन मन्त्रालय र छुट्टै ऐन नियम अन्तरगतका पद भएमा त्यस्तो सेवा संचालन गर्ने निकायमा सिफारिश गर्ने व्यवस्था रहेको छ भने राजपत्र अनंकित पदको हकमा र्सवप्रथम उम्मेदवारले रोजेको कार्यालयमा सिफारिश गर्नु पर्ने र एक भन्दा बढी उम्मेदवारले एउटै कार्यालय रोजेकोमा माथिलो योग्यताक्रममा रहेकोलाई पहिले सिफारिश गर्नुपर्ने व्यवस्था रहेको छ । नियुक्तिका लागि सम्वन्धित निकायमा सिफारिश पत्र पठाउंदा सम्वन्धित उम्मेदवारको दरखास्त फाराम एक प्रति र सो साथ पेश भएका प्रमाणपत्रका प्रतिलिपिहरु समेत पठाउनु पर्ने व्यवस्था छ । संगठनात्मक स्थिती हाल आयोगमा एक कार्य बाहक अध्यक्ष र तीन सदस्यहरु रहनु भएको छ । जसको नाम, पद र टेलिफोन नम्वर निम्नानुसार रहेको छ ः
अध्यक्षद्बारा आयोगका बैठकहरुको अध्यक्षता गर्ने, सदस्यहरुलाई तोकिएका काममा समन्वय गर्ने र नीतिगत निर्देशनको कार्य हुन्छ । आयोगको कार्यकारी प्रमुखको रुपमा एउटा सचिव रहने व्यवस्था छ । जसले निम्न कार्य गर्ने गर्दछ ः १) आयोगका निर्णयहरुलाई कार्यान्वयन गर्ने । २) प्रशासनिक तथा आर्थिक क्रियाकलापहरुलाई कानुन बमोजिम अनुगमन, समन्वय एवं नियन्त्रण गर्ने । आयोगको केन्द्रीय कार्यालय अन्तर्गत निम्न पांच महाशाखा रहेका छन् जस मार्फत आयोगका काम कारवाही सम्पादन हुने गर्दछ ः १) परीक्षा महाशाखा
क्षेत्रीय निर्देशनालयहरु ः १) पूर्वाञ्चल क्षेत्रीय निर्देशनालय, देव्रेवास, धनकुटा । फोन ०२६-५२०१५१ २) मध्यमाञ्चल क्षेत्रीय निर्देशनालय, कमल पोखरी , काठमाडौं । फोन ०१-४७७१२१४ ३) पश्चिमाञ्चल क्षेत्रीय निर्देशनालय, पार्दी, पोखरा, कास्की । फोन ०६१-५२०५०६ ४) मध्यपश्चिमाञ्चल क्षेत्रीय निर्देशनालय, वीरेन्द्रनगर, सुर्खेत । फोन ०८३-५२१८०३ ५) सूदुर पश्चिमाञ्चल क्षेत्रीय निर्देशनालय, राजपुर, डोटी । फोन ०९४-४४०१४७ अञ्चल कार्यालयहरु ः १) मेची अञ्चल कार्यालय, इलाम । फोन ०२७-५२००६२ २) सगरमाथा अञ्चल कार्यालय, दिक्तेल, खोटाङ्ग । फोन ०३६-४२०१७७ ३) जनकपुर अञ्चल कार्यालय, जलेश्वर । फोन ०४४-५२०१४७ ४) नारायणी अञ्चल कार्यालय, हेटौडा, मकवानपुर । फोन ०५७-५२०३०२ ५) लुम्विनी अञ्चल कार्यालय, बुटवल, रुपन्देही । फोन ०७१-५४०२०७ ६) धौलागिरी अञ्चल कार्यालय, वाग्लुङ्ग । फोन ०६८-५२०१४७ ७) राप्ती अञ्चल कार्यालय, तुल्सीपुर, दाङ्ग । फोन ०८२-५२००१३ ८) कर्णाली अञ्चल कार्यालय, जुम्ला । फोन ०८७- ५२०००८ ९) महाकाली अञ्चल कार्यालय, महेन्द्रनगर । फोन ०९९- ५२१२०९ सचिव श्री केशव प्रसाद भट्टराई फोन नं.४७७१५१३ अफिस कर्मचारीको दरवन्दी यस आयोग र अर्न्तर्गत हाल ३४७ कर्मचारी कार्यरत रहेका छन् । ठेगाना लोक सेवा आयोग केन्द्रीय कार्यालय, अनामनगर , काठमाडौं, नेपाल फोन न ४७७१४८८, ४७७१४८१, ४७७१४९४, ४७७१५२८ फ्याक्स ः ९७७१४७७१४९० पोष्ट वक्स ः ८९७९ काठमाण्डौं, नेपाल E-mail : info@psc.gov.np website : www.psc.gov.np | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| मूख घर | परिचय | संरचना | आयोग | विज्ञापन / सूचना | दरखास्त | परीक्षा | लिखित नतिजा | सिफारिस | बुलेटिन | पाठ्यक्रम | प्रकाशनहरु | कार्यतालिका | नागरिक बडापत्र | विविध | ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||