सचिवालय संरचना

आयोग अ न्तर्गत केन्द्रिय कार्यालय , ५ वटा क्षेत्रीय निर्देशनालयहरु¸  ९ वटा अंचल कार्यालयहरु र १ वटा काठमाण्ड उपत्यका दरखास्त संकलन केन्द्र रहेका छन् ।

सचिवालयः

आयोगको केन्द्रिय कार्यालयमा ५ वटा महाशाखाहरु रहेका छन् र प्रत्येक महाशाखा अ न्तर्गत विभिन्न शाखाहरु रहेका छन् । महाशाखा तथा शाखाहरुवाट सम्पादन हुने कार्यहरुको विवरण देहाय बमोजिम छ ः

 

परीक्षा महाशाखाको कार्य विवरण
परीक्षा महाशाखा अन्तर्गत परीक्षा संचालन शाखा (क) र (ख) तथा लिखित परीक्षा नतिजा शाखा (क) र (ख) गरी चार शाखाहरु रहेका छन् । यस महाशाखाका मुख्य कार्यहरु देहाय अनुसार रहेका छन् ।
१     परीक्षा सम्बन्धी आवश्यक नीति, नियम तर्जुमा गर्ने ।
२     उत्तर पुस्तिकाहरु कोडिङ र परीक्षण गराउने  ।
३     कोरा प्रश्नपत्र संकलन गर्ने ।
४     आयोगबाट संचालन हुने प्रतियोगितात्मक परीक्षाहरु संचालन गर्ने ।
५     परीक्षा संचालन र नतिजा प्रकाशन छिटो छरितो तथा प्रभावकारी रुपमा सम्पन्न गर्ने ।
६     आयोगको संचालन गर्ने प्राविधिक तथा अप्राविधिक सबै तहका पदहरुको परीक्षा संचालन गर्ने काम ।
७     आयोगले संचालन गर्ने प्राविधिक तथा अप्राविधिक सबै तहका पदहरुको लिखित परीक्षाको नतिजा प्रकाशन सम्बन्धी काम ।
८     लिखित परीक्षा संचालनको लागि केन्द्रीय प्रतिनिधि पठाउने सम्बन्धमा काम कारबाही गर्ने ।
९     निजामती सेवा बाहेकका अन्य सरकारी सेवा तर्फका पदमा लिखित परीक्षा संचालन र उत्तरपुस्तिका परीक्षणको लागि लिखित अनुरोध भई आएमा आयोगको निर्णय अनुसार त्यस्तो सहयोग र विशेषज्ञ सेवा उपलव्ध गराउने ।
 
परीक्षा संचालन शाखा (क)
१     आयोगले संचालन गर्ने निजामती सेवाका र संगठीत संस्थाका अप्राविधिक तर्पmका परीक्षा संचालन गर्ने ।
२     अप्राविधिक तर्पmको लिखित परीक्षाको लागि आवश्यकतानुसार कोरा प्रश्नपत्रहरु तयार गराई प्रश्नपत्र परिमार्जन शाखामा पठाउने ।
३     परीक्षा मिति र परीक्षा भवनको व्यवस्था गरी परीक्षा संचालन गर्ने गराउने ।
४     परीक्षा संचालन सम्बन्धी सुधारबारे आवश्यक सुझाव पेश गर्ने ।
५     सामूहिक छलफल र अन्य परीक्षा संचालन सम्बन्धी काम गर्ने ।
६     विभिन्न विषयमा प्रश्न निर्माणकर्ता, दक्ष तथा विशेषज्ञहरुको नामावली संकलन गरी अद्यावधिक गराई राख्ने ।
७     यस शाखालाई तोकिएका अन्य कार्यहरु गर्ने ।

परीक्षा संचालन शाखा (ख)
आयोगले संचालन गर्ने निजामती सेवाका प्राविधिक तर्पmका पदहरु तथा अन्य सरकारी सेवाका विविध पदहरुको परीक्षा संचालन गर्न देहाय बमोजिमका कार्यहरु गर्नेछ ।
१     निजामती सेवाका प्राविधिक तर्पmको पदहरु तथा अन्य संगठीत संस्थाका प्राविधिक पदहरुको परीक्षाको लागि आवश्यकतानुसार प्रश्नपत्रहरु तयार गराई प्रश्नपत्र परिमार्जन शाखामा पठाउने ।
२     परीक्षा मिति र परीक्षा भवनको व्यवस्था गरी परीक्षा संचालन गर्ने गराउने ।
३     परीक्षा संचालन सम्बन्धी सुधारबारे आवश्यक सुझाव पेश गर्ने ।
४     विभिन्न विषयमा प्रश्न निर्माणकर्ता, दक्ष तथा विशेषज्ञहरुको नामावली संकलनगरी अद्यावधिक गराई राख्ने ।
५     परीक्षा संचालनको लागि आबश्यक जनशक्ति खटाउने
६     केन्द्रीय कार्यालयमा प्राप्त उत्तर पुस्तिकाहरुको भण्डारण गरी कोडिङ नभएका उत्तर पुस्तिकाहरुको कोडिङ गर्नेकामको व्यवस्थापन गर्ने ।
७     शाखालाई तोकिएका अन्य कार्यहरु गर्ने ।

लिखित परीक्षा नतिजा शाखा (क)
१     निजामती सेवाका अप्राविधिक पदहरुको लिखित परीक्षाको उत्तर पुस्तिकाहरु परीक्षण गराउने व्यवस्था गर्ने ।
२     परीक्षण भई प्राप्त उत्तर पुस्तिकाहरुको प्राप्ताङ्क रुजु गरी टेबुलेशन गर्ने ।
३     प्राप्ताङ्क र पदको आधारमा नतिजा प्रकाशित गर्ने र सम्बन्धित शाखासंग समन्वय राखी अन्तर्वार्ता र अन्य परीक्षाहरुको कार्यक्रम निर्धारण गर्ने ।
४     बस्तुगत बहुउत्तर प्रश्नको उत्तरपुस्तिकाहरु अन्तिम चेक गर्ने गराउने ।
५     आवश्यकतानुसार लिखित परीक्षाको पुनर्योगको व्यवस्था मिलाउने ।
६     विभिन्न विषयका दक्षहरुको नामावली संकलन गरी अद्यावधिक गराई  राख्ने ।
७     शाखालाई तोकिएका अन्य कार्यहरु गर्ने ।
 
लिखित परीक्षा नतिजा शाखा (ख)
१     निजामती सेवाका प्राविधिक पदहरुको लिखित परीक्षाको उत्तर पुस्तिकाहरु परीक्षण गराउने व्यवस्था गर्ने ।
२     परीक्षण भई प्राप्त उत्तर पुस्तिकाहरुको प्राप्ताङ्क रुजु गरी टेबुलेशन गर्ने ।
३     प्राप्ताङ्क र पदको आधारमा नतिजा प्रकाशित गर्ने र सम्बन्धित शाखासंग समन्वय राखी अन्तर्वार्ता र अन्य परीक्षाहरुको कार्यक्रम निर्धारण गर्ने ।
४     बस्तुगत बहुउत्तर प्रश्नको उत्तरपुस्तिकाहरु अन्तिम चेक गर्ने गराउने ।
५     आवश्यकतानुसार लिखित परीक्षाको पुनर्योगको व्यवस्था मिलाउने ।
६     विभिन्न विषयका दक्षहरुको नामावली संकलन गरी अद्यावधिक गराई  राख्ने ।
७     शाखालाई तोकिएका अन्य कार्यहरु गर्ने ।
 
 
प्रश्नपत्र परिमार्जन एवं सिफारिश महाशाखा
यस महाशाखा अन्तर्गत प्रश्नपत्र परिमार्जन शाखा र अन्तवार्ता एवं सिफारिश शाखा रहेका छन् । यस महाशाखाका कार्यहरु निम्नानुसार रहेको छ ः—
१     परीक्षाका लागि आवश्यक प्रश्नहरु परिमार्जन (प्रश्नपत्र परिमार्जन) गराउने ।
२     अन्तर्वार्ता सम्वन्धी कार्य गर्ने ।
३     परीक्षा (लिखित एवं अन्तर्वार्ता) मा सफल उम्मेदवारहरु माग बमोजिम सिफारिश गर्ने सम्बन्धी कार्य गर्ने ।
४     प्रश्नपत्र बैङ्क व्यवस्थापन सम्बन्धी काम गर्ने ।
५     अन्तरवार्ताको लागि केन्द्रीय प्रतिनिधि पठाउने सम्बन्धमा काम कारबाही गर्ने ।
६     प्रयोगात्मक परीक्षा संचालन सम्बन्धी काम गर्ने र यसको लागि केन्द्रीय प्रतिनिधि पठाउन शुरु कारबाही गर्ने ।
७     सम्बन्धित दक्ष विज्ञहरुको रोष्टर तयार गर्ने र अद्यावधिक गर्ने ।
८     प्रशासन महाशाखा संग समन्वय गरी अन्तर्वार्ताको लागि केन्द्रीय प्रतिनिधि खटाउने ।
९     बढुवा समितिमा आयोगको तर्फबाट दक्ष मनोनयन गराई गोप्य रुपमा सम्पर्क राख्ने ।
१०    यस शाखालाई तोकिएका अन्य कार्यहरु गर्ने ।
 
प्रश्नपत्र परिमार्जन शाखा
१     परिमार्जनद्वारा प्रश्नपत्र स्तरीय र पाठ्यक्रम अनुरुप बनाउनको लागि समयमै दक्षहरुको मनोनयन गराउने ।
२     दक्षहरुले परिमार्जन गर्दा अपनाउनु पर्ने प्रक्रिया र आयोगबाट स्वीकृत मान्यता सम्बन्धमा आवश्यक जानकारी दिने ।
३     परिमार्जित प्रश्नपत्रहरु आवश्यक संख्यामा तयार गराउने ।
४     दक्षहरुको सूची अद्यावधिक गर्ने ।
५     आवश्यक सेट मिलाई प्रश्नपत्र भण्डार ९त्तगभकतष्यल द्यबलप०  मा उपलव्ध गराउने ।
६     केन्द्रवाट संचालन हुने परीक्षाको लागि प्रश्नपत्र उपलब्ध गराउने ।
७     यस शाखालाई निर्दिष्ट गरिएका अन्य कार्यहरु गर्ने ।
 
अन्तर्वाता तथा सिफारिश शाखा
१     कार्यक्रमअनुसार तोकिएको समयमा उम्मेदवारहरुको अन्तर्वार्ताको व्यवस्था गर्ने ।
२     प्रहरी प्रतिवेदन सम्बन्धी काम गर्ने ।
३     विभिन्न विषयमा दक्षहरुको नामावली संकलन गरी अद्यावधिक गराई राख्ने ।
४     अन्तर्वार्ताका लागि दक्ष र प्रतिनिधिहरुको मनोनयन सम्बन्धी कामको लागि महाशाखा प्रमुखलाई सहयोग गर्ने ।
५     अन्तर्वार्ता भन्दा अगावै उम्मेदवारहरुले पेश गरेका प्रमाणपत्रहरुको सक्कल प्रमाण भिडाइ प्रमाणित गर्ने ।
६     सेवा, समूह वा उपसमूह परिवर्तनका लागि अन्तर्वार्ता सञ्चालन सम्बन्धी व्यवस्था गर्ने ।
७     उम्मेदवारहरुको योग्यताक्रम तयार गरी नियुक्तिको लागि सिफारिश गर्ने ।
८     प्रयोगात्मक परीक्षा संचालनको व्यवस्था मिलाउने ।
९     सिफारिश भएका उम्मेदवारहरुको लगत राखी नियमानुसार नियुक्ति दिए नदिएको अनुगमन गर्ने।
१०    शाखालाई तोकिएका अन्य कार्यहरु गर्ने ।
 
प्रशासन तथा योजना महाशाखा
१.     आयोगको सामान्य प्रशासन, कर्मचारी प्रशासन र जन सम्पर्क सम्बन्धी काम ।
२.     आयोगको संगठन तथा कार्यविधि (इ ७ ः ) मा समसामयीक सुधार सम्बन्धी काम ।
३.     बजेट तयार गर्ने, लेखा संचालन गर्ने, नगदी, जिन्सी, राजश्व आदिको दुरुस्त हिसाव राख्ने र लेखा परीक्षण सम्बन्धी काम ।
४.     आयोगबाट हुने निरीक्षण व्यवस्था सम्बन्धी काम ।
५.    मासिक, चौमासिक तथा बार्षिक प्रतिवेदन सम्बन्धी काम ।
६.     आयोगको योजना तर्जुमा, कार्यान्वयन, समन्वय, अनुगमन तथा मूल्याङ्कन गर्ने ।
७.     केन्द्रीय प्रतिनिधि पठाउन संवन्धित महाशाखालाई सहयोग गर्ने ।
८.     आयोगको सूचना तथा प्रकाशन सम्बन्धी काम गर्ने ।
९.     आयोगको केन्द्रीय कार्यालय, क्षेत्रीय निर्देशनालय र अञ्चल कार्यालयहरुबीच आवश्यक समन्वय गर्ने गराउने । ती कार्यालयहरुका समस्याहरुको समाधानका लागि सम्पर्क विन्दु ९ँयअब िएयष्लत० को रुपमा काम गर्ने र समयमै आवश्यक निकासा गर्न आवश्यक अग्रसरता लिने ।
१०.    प्रेस तथा संचार माध्यम सम्बन्धी कार्य गर्ने ।
११.    अन्य कुनै शाखा महाशाखालाई नतोकिएको कार्य गर्ने ।
 
प्रशासन शाखा
१)    आयोगको आन्तरिक, सामान्य प्रशासन तथा कर्मचारी प्रशासन सम्बन्धी काम गर्ने ।
२)    जनसम्पर्कको प्रवन्ध गर्ने ।
३)    आयोगको आवश्यकतानुसार प्रशासकीय सर्वेक्षण गरी गराई प्रतिवेदन तयार गर्ने र स्वीकृत सिफारिशहरु कार्यान्वयन गर्ने गराउने ।
४)    लोक सेवा आयोग ऐन र नियमावली अनुसार निरिक्षण गर्ने र निरीक्षण प्रक्रियालाई प्रभावकारी बनाउन सुधार गर्दै लाने ।
५)    आयोगका चल अचल सम्पत्तिहरुको सुरक्षा तथा सम्भार गर्ने ।
६)    मालसामान खरीद र वितरण गर्ने ।
७)    स्टोर संचालन गराउने र जिन्सी नियन्त्रण गर्ने ।
८)    आयोगको बैठकमा समन्वय सम्बन्धी काम गर्ने ।
९)    केन्द्रीय प्रतिनिधि पठाउन सम्वन्धित शाखालाई सहयोग गर्ने ।
१०)   कम्प्यूटरसंग सम्बन्धित सबै कामहरु गर्ने ।
११)   आयोगको पे्रस संचालन, सम्भार, विकास तथा प्रेस व्यवस्थापन सम्बन्धी कामहरु गर्ने ।
१२)   अन्य कुनै शाखा महाशालाई नतोकिएको कार्य गर्ने ।
 
योजना तथा समन्वय शाखा
१     लोक सेवा आयोगको दीर्घकालिन सोच सहितको आवधिक योजना तयार गर्ने ।
२     मन्त्रिपरिषद तथा प्रधानमन्त्रीको कार्यालय, अर्थ मन्त्रालय, सामान्य प्रशासन मन्त्रालय, परराष्ट्र मन्त्रालय र राष्ट्रिय योजना आयोगसंग समन्वय गरी आयोगको बैदेशिक सम्बन्ध र तदनुरुप बैदेशिक सहयोग प्राप्ति सम्बन्धी कार्य गर्ने ।
३     तथ्यांक संकलन, टेबुलेशन र विश्लेषण गर्ने ।
४     आयोगको कार्यविधि नियम अनुसार विभिन्न सरकारी निकायहरुको निरीक्षण गर्ने, गराउने ।
५     आयोगको वार्षिक कार्यक्रम तथा बजेट तर्जुमा गरी स्वीकृतिका लागि पेश गर्ने ।
६     आवधिक योजना तथा वार्षिक कार्यक्रमको कार्य प्रगति प्रतिवेदन तयार गरी पेश गर्ने ।
७     आयोगको केन्द्रीय कार्यालय, क्षेत्रीय निर्देशनालय र अञ्चल कार्यालयहरुबीच आवश्यक समन्वय गर्ने गराउने । ती कार्यालयहरुका समस्याहरुको समाधानका लागि सम्पर्क विन्दु ९ँयअब िएयष्लत० को रुपमा काम गर्ने र समयमै आवश्यक निकासा गर्न आवश्यक अग्रसरता लिने ।
८     उल्लेखित कार्य गर्न सचिवबाट प्रत्यायोजित अधिकार वमोजिम आर्थिक प्रशासन शाखा लगायत अन्य शाखाहरु संग समन्वय गरी आवश्यक निर्णय गराउने र सो को जानकारी सम्बन्धित कार्यालयहरुमा समयमै गराउने ।
९     आयोगको क्षेत्रीय निर्देशनालय र अञ्चल कार्यालयहरुको लागि थप जनशक्ति बजेट र भौतिक सामग्रीको व्यवस्था गर्न आवश्यक पहल गर्ने ।
१०    आयोगको क्षेत्रीय निर्देशनालय र अञ्चल कार्यालयहरुबाट नीतिगत विषयमा परामर्श माग भई आएकोमा तत् सम्बन्धी शाखा÷महाशाखासंग समन्वय गरी निर्णय गराउने ।
११    आयोगको क्षेत्रीय निर्देशनालय र अञ्चल कार्यालयहरुले आयोगसंग सम्पर्क राख्दा योजना तथा समन्वय शाखा मार्फत सम्पर्क राख्नेछन ।
१२    तालिम तथा जनशक्ति विकास सम्बन्धी काम गर्ने ।
१३    आयोगको क्षमता विस्तार सम्बन्धमा स्वदेशी तथा विदेशी संस्थाहरुसंग सम्पर्क गर्ने अध्ययन तथा अवलोकन भ्रमण सम्बन्धी काम गर्ने ।
१४    आयोग अन्तर्गत संचालन हुने वैदेशिक आयोजनाहरुको सम्पर्क विन्दु र नेपाली समकक्ष को रुपमा काम गर्ने ।
१५    आयोगबाट संचालन हुने सेमिनार, गोष्ठी, कार्यशाला आदि गर्ने गराउने ।
 
आर्थिक प्रशासन शाखा
१     आर्थिक कार्यविधि ऐन र नियमावली वमोजिम आर्थिक प्रशासन शाखाले गर्नु पर्ने भनी तोकिएका कार्यहरु गर्ने
२     चालु खर्चको लागि बजेट तयार  गर्ने ।
३     पुंजिगत खर्च सम्बन्धी अनुमान तयार गरी योजना तथा समन्वय शाखामा पठाउने ।
४     लेखा संचालन, लेखा परीक्षण र बेरुजु फछ्र्यौट सम्बन्धी काम गर्ने ।
५     राजश्व तथा धरौटीको हिसाब दुरुस्त राख्ने ।
६     केन्द्रीय तथा कार्यसंचालन स्तरको लेखा राख्ने ।
७     बजेट निकासा गर्ने गराउने ।
८     खर्चको अनुगमन गर्ने ।
९     आर्थिक कारोबारको क्रममा राय दिने ।
१०    आर्थिक तथ्यांक उपलव्ध गराउने ।
 
सूचना तथा प्रकाशन शाखा
१)    मागको आकृति फाराम संकलन र माग दर्ता गर्ने ।
२)    प्रतिशत निर्धारण गर्ने ।
३)    प्रतिशत निर्धारणको अभिलेख अद्यावधिक राख्ने ।
४)    विज्ञापन र सूचना प्रकाशन गर्ने ।
५)    आयोगको बुलेटिन प्रकाशन गर्ने ।
६)    निजामती सेवाका विभिन्न पक्षहरु (माग, नियुक्ति, सरुवा, बढुवा, आचरण, विभागीय कारवाही तथा जनशक्ति) सम्बन्धी तथ्यांक संकलन, अध्ययन–अनुसन्धान तथा विश्लेषण गरी प्रतिवेदन तयार गर्ने ।
७)    निजामती सेवा ऐन, नियम, लोक सेवा आयोग कार्यविधि ऐन, नियम, निर्देशिकाहरुको सुधारका लागि आवश्यक हुने तथा आयोगको परामर्श निमित्त उपयुक्त हुने किसिमका तथ्यांक र आधारहरु तयार गर्ने ।
८)    वार्षिक प्रतिवेदन तर्जुमा गर्ने ।
९)    निजामती सेवा पत्रिका प्रकाशन गर्ने ।
१०)   आयोगको वाषर््िाक कार्यतालिका तयार गरी स्वीकृत गराउने ।
११)   थप पद र माग रद्द सम्बन्धी कारबाही गर्ने ।
१२)   समावेशी तर्फ सिफारिश हुन बाँकी भई आगामी वर्ष विज्ञापन गर्नु पर्ने र सोही वर्ष खुला तर्फ समावेश गर्नुपर्ने पदहरुको विवरण अद्यावधिक गर्ने ।
१३)   पुस्तकालय व्यवस्थापन सम्बन्धी कार्य गर्ने ।
१४)   कम्प्युटर इकाईलाई व्यवस्थित गराउन आवश्यक कार्य गर्ने ।
 
परीक्षण प्रविधि तथा पाठ्यक्रम महाशाखा
यस महाशाखा अन्तर्गत परीक्षण प्रविधि तथा अनुसन्धान शाखा र पाठ्यक्रम तथा मूल्याकंन शाखा पर्दछन । यो महाशाखा अन्तर्गत पुस्तकालय इकाई पनि रहेको छ । यस महाशाखाका मुख्य कार्यहरु देहाय अनुसार रहेको छ ।
१.     आयोगबाट हुने परीक्षाहरुको लागि पाठ्यक्रम, परीक्षण प्रविधि, अन्तर्वार्ता प्रविधि सम्बन्धी काम ।
२.     पाठ्यक्रम, परीक्षण प्रविधि, अन्तर्वार्ता प्रविधि सम्बन्धी अनुसन्धानात्मक अध्ययन र विश्लेषण सम्बन्धी काम ।
३.     आयोगको कामसंग सम्बन्धित विभिन्न पक्षको अध्ययन तथा अनुसन्धान सम्बन्धी काम ।
४.     शैक्षिक योग्यता निर्धारण र उपाधिको मान्यता सम्बन्धी काम ।
५.     राजपत्राङ्कित तृतीय श्रेणीको अन्तिम चरणको परीक्षा मध्ये समस्या समाधान र मनोबैज्ञानिक परीक्षण सम्बन्धी परीक्षहरुको कोरा प्रश्नपत्र निर्माण देखि उत्तरपुस्तिका परीक्षण सम्मका कार्यहरु गर्ने ।
६.     पुस्तकालय व्यवस्थापन सम्बन्धी काम ।
 
 
परीक्षण प्रविधि तथा अनुसन्धान शाखा
१)    परीक्षण प्रविधिको विकास र परीक्षा सम्बन्धी अनुसन्धान गरी परीक्षण प्रविधिलाई समसामयिक बनाउंदै लैजाने ।
२)    मनोबैज्ञानिक व्यक्तित्व परीक्षण सम्बन्धी काम गर्ने ।
३)    सेवा समूह वा व्यवसायलाई मिल्दो किसिमको अन्तर्वार्ता प्रविधिको विकास गर्ने
४)    निजामति सेवाका विभिन्न पदहरुको लागि आवश्यक न्यूनतम शैक्षिक योग्यता निर्धारण गर्ने कार्यको समन्वय गर्ने, त्यस सम्बन्धी परामर्श प्रदान गर्न आवश्यक बैठक बोलाई निर्णय गराउने । दरखास्त फाराम स्वीकृतिको सन्दर्भमा शैक्षिक योग्यता सम्बन्धी कुनै द्विविधा भएमा निक्र्योल गराउने ।
५)    आफ्नो शाखाको काम संग सम्बन्धित गोष्ठी, सेमिनार कार्यशाला आदि संचालन गर्ने ।
६)    विभिन्न प्रकारका परीक्षा र परीक्षण प्रविधि सम्बन्धी अध्ययन, अनुसन्धान र विश्लेषण गर्ने गराउने ।
७)    राजपत्राङ्कित तृतीय श्रेणीको अन्तिम चरणको परीक्षा मध्ये समस्या समाधान र मनोबैज्ञानिक परीक्षण सम्बन्धी परीक्षहरुको कोरा प्रश्नपत्र निर्माण र उत्तरपुस्तिका परीक्षण सम्बन्धी कार्यहरु गर्ने । उक्त कामको लागि सम्बन्धित पदाधिकारीबाट दक्ष मनोनयन गराउने र निजसंग सम्पर्क गरी बोलाउने ।
८)    पद, पद वर्गिकरण, परीक्षण प्रविधि र कार्य विवरण ९व्यद म्भकअचष्उतष्यल० पुनरावलोकन सम्बन्धी काम गर्ने ।
९)    परीक्षण प्रविधि र अन्तर्वार्ता प्रविधि सम्बन्धी अनुसन्धानात्मक अध्ययन र विश्लेषण सम्बन्धी काम गर्ने गराउने ।
 
पाठ्यक्रम तथा मूल्याङ्कन शाखा
१)    कर्मचारी छनौटको लागि लिखित परीक्षाको पाठ्यक्रम निर्माण तथा परिमार्जनको व्यवस्था गर्ने ।
२)    प्रत्यायोजित अधिकार अन्तर्गतका पदहरुको लागि लिइने परीक्षाका पाठ्यक्रम निर्माण सम्बन्धी व्यवस्था गर्ने ।
३)    निजामती सेवाको पाठ्यक्रम क्षेत्रभित्र आइपर्ने समस्या समाधानमा सुझाव दिने ।
४)    पाठ्यक्रमको उपयुक्तता, सामयिकता र प्रभावकारीता सम्बन्धी अध्ययन विश्लेषण गर्ने ।
५)    पाठ्यक्रम सम्बन्धमा विभिन्न क्षेत्रसंग सम्पर्क राखी सो सम्बन्धमा मन्तव्य तथा प्रतिक्रिया लिने ।
६)    कर्मचारीको छनौटको पाठ्यक्रम निर्माण÷परिमार्जन गर्न आवश्यकता अनुसार कार्य विष्लेषण कार्यशाला आयोजना गर्ने ।
७)    पाठ्यक्रमको मूल्यांकन र अनुगमन गर्ने ।
८)    रा.प. तृतीय श्रेणी अप्राविधिक पदहरुको अन्तिम चरणमा लिइने मनोवैज्ञानिक परीक्षण र समस्या समाधान विषयको परीक्षा संचालन गर्ने ।
९)    यस शाखालाई निर्दिष्ट गरिएका अन्य कार्यहरु गर्ने ।
 
कानून महाशाखा
१.     निजामती सेवा सम्वन्धी कानूनको विषयमा परामर्श सम्वन्धमा कारवाही गर्ने ।
२.     एक सेवा, समूह वा उपसमूहबाट अर्काे सेवा, समूह वा उपसमूहका परिवर्तनका लागि नीति निर्धारण गर्न राय सुझाव पेश गरी स्वीकृत भए बमोजिम कार्यान्वयन गराउने ।
३.     सैनिक सेवा, सशस्त्र प्रहरी सेवा, प्रहरी सेवा र सरकारी सेवाको पदमा नियुक्ति र बढुवा गर्दा अपनाउनु पर्ने सामान्य सिद्धान्तको विषयमा परामर्श सम्वन्धी कार्यहरु गर्ने ।
४.     कुनै सार्वजनिक संस्थाको सेवाका कर्मचारीको सेवाका शर्त सम्वन्धी प्रचलित कानून र त्यस्तो सेवाका पदको नियुक्ति, बढुवा र बिभागीय कारवाही गर्दा अपनाउनु पर्ने सामान्य सिद्धान्तको विषयमा परामर्श सम्वन्धी कार्यहरु गर्ने ।
५.     निजामती कर्मचारीलाई दिइने बिभागीय सजाँयको विषयमा परामर्श सम्वन्धी सम्वन्धी कार्यहरु गर्ने ।
६.     निजामती कर्मचारीकोे बढुवा उजूरी सम्वन्धी विषयमा कारवाही गर्ने ।
७.     आयोगसँग सम्वन्धित मुद्दा मामिला, रिट निवेदन एवं लिखित जवाफ सम्वन्धी कार्यहरु गर्ने ।
८.     निजामती सेवाका कर्मचारीको अन्तर सेवा, समूह वा उपसमूह परिवतर्न गर्ने सम्वन्धमा कारवाही
गर्ने ।
९.     आयोगको काम कारवाहीको सम्वन्धमा कानूनी राय सल्लाह उपलव्ध गराउने ।
१०.    आयोगसँग सम्वन्धित ऐन, नियम, निर्देशिका एवं कार्यविधिको तर्जुमा सम्वन्धी कार्यहरु गर्ने ।
११.    निजामती कर्मचारीहरुको सुविधा तथा पीर मर्का सम्वन्धी नीतिगत विषहरुमा कारवाही गर्ने ।
१२.    महाशाखा अन्तर्गतका कर्मचारीहरुको काम कारवाहीका सुपरीवेक्षण र निर्देशन गर्ने ।
१३.    यस महाशाखालाई तोकिएका अन्य आवश्यक कार्यहरु गर्ने ।
 
नीति नियम शाखा
१.     निजामती सेवाका शर्त तथा सुविधा, सरुवा, बढुवा, सेवा परिवर्तन तथा विभागीय सजांय आदि बिषयमा नीतिनिर्धारण सम्बन्धी कारवाही गर्ने ।
२.     आयोगको कार्यविधि सम्बन्धमा राय सुझाव पेश गर्ने ।
३.     निजामती सेवा ऐन, नियमहरुको संशोधन सम्बन्धमा आयोगको निर्णयानुसार राय, परामर्श दिने ।
४.     आयोगको अधिकार प्रत्यायोजन सम्बन्धमा राय सुझाव पेश गर्ने र प्रत्यायोजित अधिकारको प्रभावकारिता सम्बन्धमा अध्ययन विश्लेषण गर्ने ।
५.     एक सेवा, समूह वा उपसमूहवाट अर्को सेवा, समूह वा उपसमूहमा सेवा परिवर्तनका लागि नीति निर्धारण गर्न राय पेश गरी आयोगको स्वीकृति बमोजिम आवश्यक कारवाही गर्ने ।
६.     यस शाखालाई निर्दिष्ट गरिएका अन्य कार्य गर्ने ।
 
 
उजूरी तथा विभागीय सजाय परामर्श शाखा
१)    निजामती कर्मचारीलाई दिइने विभागीय सजांय सम्बन्धमा आयोगबाट स्वीकृत भए बमोजिम परामर्श पठाउने ।
२)    निजामती सेवाका पदहरुको नियुक्ति, बढुवा तथा सेवा शर्त सम्बन्धी उजूरीहरुमा आवश्यक कारवाही गर्ने ।
३)    आयोगलाई विपक्षी बनाई अदालतमा परेको रिट निवेदन सम्बन्धमा आवश्यक कारवाही गर्ने ।
४)    आयोगको काम कारवाहीको सम्बन्धमा आवश्यक कानूनी राय सल्लाह उपलव्ध गराउने ।
५)    आयोगमा पेश हुने शाखा संग सम्बन्धित प्रस्ताव तयार गर्ने ।
६)    आयोगका तर्फबाट आवश्यकतानुसार अदालतमा निवेदन, पुरावलोकन लगायतका निवेदनहरु पेश गर्ने सम्बन्धमा कारबाही गर्ने
५)    यस शाखालाई निर्दिष्ट गरिएका अन्य कार्यहरु गर्ने ।  

 

 

आयोगको केन्द्रीय कार्यालय काठमाण्डौंमा रहेको छ भने यसका ५ वटा क्षेत्रीय निर्देशनालयहरु¸  ९ वटा अंचल कार्यालयहरु र १ वटा काठमाण्डौ उपत्यका दरखास्त संकलन केन्द्र रहेका छन् । जुन निम्न बमोजिम रहेका छन् ः



क्षेत्रीय निर्देशनालयहरुः

१) पुर्वाञ्चल क्षेत्रीय निर्देशनालय, देव्रेवास, धनकुटा । फोन ०२६-५२०१५१

 

२) मध्यमाञ्चल क्षेत्रीयनिर्देशनालय, कमल पोखरी , काठमाडौं । फोन ०१-४४१०८५९

 

३) पश्चिमाञ्चल क्षेत्रीय निर्देशनालय, पार्दी, पोखरा, कास्की । फोन ०६१-४६३५०६

 

४) मध्यपश्चिमाञ्चल क्षेत्रीय निर्देशनालय, वीरेन्द्रनगर, सुर्खेत । फोन ०८३-५२१८०३

 

५) सूदुर पश्चिमाञ्चल क्षेत्रीय निर्देशनालय, राजपुर, डोटी । फोन ०९४-४४०१४७



अञ्चल कार्यालयहरुः

१) मेची अञ्चल कार्यालय, इलाम । फोन ०२७-५२००६२

 

२) सगरमाथा अञ्चल कार्यालय, दिक्तेल, खोटाङ्ग । फोन ०३६-४२०१७७

 

३) जनकपुर अञ्चल कार्यालय, जलेश्वर । फोन ०४४-५२०१४७

 

४) नारायणी अञ्चल कार्यालय, हेटौडा, मकवानपुर । फोन ०५७-५२०३०२

 

५) लुम्विनी अञ्चल कार्यालय, बुटवल, रुपन्देही । फोन ०७१-५४०२०७

 

६) धौलागिरी अञ्चल कार्यालय, वाग्लुङ्ग । फोन ०६८-५२०१४७

 

७) राप्ती अञ्चल कार्यालय, तुल्सीपुर, दाङ्ग । फोन ०८२-५२००१३

 

८) कर्णालि अञ्चल कार्यालय, जुम्ला । फोन ०८७- ५२०००८

 

९) महाकाली अञ्चल कार्यालय, महेन्द्रनगर । फोन ०९९- ५२१२०९

 

१०) काठमाण्डा उपत्यका दरखास्त संकलन केन्द्र । फोन ०१-४७७१२१४



आयोगका केही महत्वपुर्ण कार्य प्रणालीः

आयोगको कार्य प्रणाली विज्ञापन प्रकाशन देखि उम्मेदवारको सिफारिश सम्म विभिन्न चरणहरु पार गर्नु पर्ने हुन्छ । ती चरणहरु देहाय बमोजिम रहेका छनः



क) विज्ञापन प्रकाशनः

१) नेपाल सरकारले रिक्त निजामती सेवाका पदहरुको पूर्तिका लागि निजामती सेवा ऐन अनुसार रिक्त भएको ७ (सात) दिनभित्र आयोगलाई रिक्त पदको जानकारी पठाउनु पर्ने। अथवा रिक्त पदको पदपूर्तिका लागि माग फाराम भरी पठाउनु पर्ने ।

 

२) आयोगले माग प्राप्त भइ सकेपछि नि.से.नि. अनुसार पद संख्या (प्रतिशत निर्धारण) निर्धारण गर्ने ।

 

३) निर्धारित पदसंख्या अनुसार खुला, आ.प्र., कार्यक्षमताको बढुवाद्वारा पदपूर्तिको लागि विज्ञापन प्रकाशन गर्ने । यसरी विज्ञापन प्रकाशन गर्दा दरखास्त वुझाउने स्थान, लाग्ने दस्तुर -राजस्व, दरखास्त बुझाउने अन्तिम मिति, पदको लागि आवश्यक शैक्षिक योग्यता र लिखित परीक्षा हुनेको हकमा लिखित परीक्षा संचालन हुने मिति र समय समेत उल्लेख गरी प्रकाशन गर्ने गरेको छ ।



ख) प्रश्नपत्र निर्माण

१) सम्माननीय अध्यक्षबाट प्रश्नपत्र निर्माणको लागि उपयुक्त संख्यामा विज्ञहरुको मनोनयन गर्ने ।

 

२) विज्ञहरुलाई पश्नपत्र निर्माणको लागि पाठ्यक्रम, नमूना प्रश्न, प्रश्नको ढाँचा समेत तोकी गोप्य तवरवाट प्रश्नपत्र निर्माणको लागि अनुरोध गर्ने ।

 

३) विज्ञहरुवाट प्रश्न निर्माण भए पछि गोप्य तवरले संकेत नं.का आधारमा तोकिएको खाममा गोप्य शिलबन्दी सहित परिक्षा संचालन शाखामा बुझाउनु पर्ने । यसरी बुझाउदा मैले यो प्रश्न कसैलाई देखाएको भनेको छैन, कपि पनि राखेको छैन भनी कवुलियत पत्रसहित बुझाउनु पर्ने ।

 

४) परीक्षा संचालन शाखाले विज्ञले बुझाएको Raw Question को शिलबन्दीकै अवस्थामा मोडरेशन शाखालाई बुझाउनु पर्ने ।

 

५) अध्यक्षबाट मोडरेशनको लागि विज्ञको मनोनयन गर्ने ।

 

६) मोडरेशन शाखाले मोडरेटरको अगाडी प्राप्त कच्चा प्रश्नपत्रहरुलाई मुचुल्का गरेर खोली मोडरेशनको लागि उपलब्ध गराउने ।

 

७) मोडरेशन गर्दा विगतमा बैक मा रहेका पुराना प्रश्नहरु पनि मिलाएर गरिने ।

 

८) मोडरेटरले मोडरेशन गरेको प्रश्न पत्रलाई कम्तीमा ३ सेट बनाई -एउटा परीक्षा संचालनको लागि गोप्य तवरले शिलबन्दी गरी प्रश्न बैकमा राख्ने ।

 

९) परीक्षा संचालनको लागि उपउक्त समयमा बैंकमा रहेका पश्नपत्रबाट कुन सेट प्रयोग गर्ने भन्ने सन्दर्भमा सम्माननीय अध्यक्षवाट चिनो लगाई छनोट गरी प्रयोगमा ल्याउने र सवै ठाउमा परीक्षा संचालन हुने विज्ञापनमा एउटै पश्नपत्रबाट काम लिने ।



ग) परीक्षा संचालन

१) विज्ञापन दरखास्त दिने उम्मेदवारहरुको संख्या एकिन गर्ने ।

 

२) उम्मेदवार संख्या अनुसार परीक्षा भवनहरुको व्यवस्था गर्ने ।

 

३) परीक्षा संचालनको लागि जनशक्तिको खटन पटनको व्यवस्था गर्ने

 

४) तोकिएको स्थान -परीक्षा भवन , मिति र समयमा केन्द्राध्यक्षले परीक्षा संचालन गरी तोकिएको कार्यालयको- शाखामा उत्तरपुस्तिकाहरु वुझाउने ।



घ) उत्तरपुस्तिका कोडिङः

१) एउटा विज्ञापनको सवै उत्तरपुस्तिकाहरु सवै केन्द्रबाट प्राप्त भएपछि प्रथम कोड गर्ने । यसरी कोडिङ गर्दा सवै केन्द्रका उत्तरपुस्तिकाहरु मिसाएर गर्नु पर्ने अथवा एउटै केन्द्रकोमा लगातार कोड राख्न नपाइने ।

 

२) प्रथम कोड राखि सकेपछि कि. फाराम र अर्धकट्टी -नाम,थर, रोल नं. ठेगाना, लेखेको साइड रुजु गरी शिलबन्दी गरी परीक्षा संचालन शाखाले उत्तरपुस्तिकाहरु विभिन्न पोकाबाट मिसाई दोस्रो कोड राख्ने ।

 

३) दोस्रो कोड राखिसकेपछि दोस्रो कोड को अर्धकट्टी शिलबन्दी गरी सचिवकहां वा सचिवले तोकेको कर्मचारीलाई बुझाउनु पर्ने ।

 

४) दोस्रो कोड सकेपछि तोकिएको संख्यामा थैला बनाई शिलबन्दी अवस्थामा नै लिखित परिक्षा नतिजा शाखामा बुझाउनु पर्ने ।



ङ) उत्तरपुस्तिका परीक्षणः

१) लिखित परिक्षा नतिजा शाखाले दोस्रो कोड गरी शिलबन्दी उत्तरपुस्तिका प्राप्त भएपछि उत्तरपुस्तिका संख्या पोकाका आधारमा परिक्षणको लागि विज्ञको नाम अध्यक्ष समक्ष पेश गर्नु पर्ने । यसरी विज्ञको नाम पेश गर्न आवश्यक संख्या भन्दा जतिसक्दो वढी संख्यामा पेश गर्नु पर्ने । अध्यक्षवाट परीक्षकको नाम मनोनयन भइ सकेपछि दोस्रो कोड भई प्राप्त पोकामा अर्को थैला राखि सोमा संकेत नं उल्लेख गरी गोप्य तवरले परीक्षकलाई परीक्षणको लागि उत्तरपुस्तिका पठाउने ।

 

२) परीक्षण गरी परीक्षकवाट फिर्ता प्राप्त भएपछि संख्या ठिक छ छैन मार्कसिट समेत हेरी बुझने ।



च) टेबुलेशन र नतिजा प्रकाशनः

१) परीक्षकले उल्लेख गरेको प्राप्ताङ्क र मार्कशिटमा भएको अंक हर्ने । यदि कैफियत देखिएमा उत्तरपुस्तिकामा भएको अंकलाई आधार मानि अध्यक्षबाट कैफियत जनाइ सोही अनुसार कायम गर्ने ।

 

२) प्रत्येक उम्मेदवारको सबै पत्रहरुको जम्मा अंक पोष्टीङ गर्ने ।

 

३) मेरिट लिष्ट बनाउने ।

 

४) तोकिएका माग संख्याको आधारमा मेरिटमा परेका उम्मेदवारको विवरण संलग्न गरी नतिजा प्रकाशनको निर्णयको लागि पेश गर्ने ।

 

५) अध्यक्षज्यूबाट निर्णयभएपछि मेरिटमा परेका उम्मेदवारहरुको नाम, थर, ठेगाना, बाबु, बाजेको नाम डिकोड गरी नतिजा प्रकाशनको सूचना प्रकाशन गरिने ।



छ) अन्तर्वार्ता

अन्तर्वार्तामा आवश्यकता अनुसार आयोगका अध्यक्ष र सदस्यहरु र सम्बन्धित विषयका दक्ष समेतको -कम्तिमा ३ जनाको अन्तर्वार्ता समिति गठन गरिन्छ । यस्तो समिति गठन गर्दा एक दिन अगावै मात्र गोप्य रुपले समितिका सदस्यलाई सूचना गरिन्छ । अन्तर्वार्तामा अन्तर्वार्ताकर्ताहरुले उम्मेदवारको छुट्टा छुट्टै मूल्यांकन गर्दछन् । अन्तर्वार्ता समितिका सबै सदस्यहरुलाई लिखित परीक्षाको प्राप्ताङ्क र एक सदस्यले दिएको नम्बर अर्को सदस्यलाई समेत थाहा हुदैन । त्यसरी मूल्यांकन गरिएका फारामहरुलाई तत्काल सिलबन्दी गरी योग्यताक्रम प्रकाशन गर्ने वेलामा मात्र खोलिन्छ । यस्तो योग्यताक्रम प्रकाशन सम्बन्धी गोप्य काममा संलग्न आयोगका पदाधिकारी तथा कर्मचारीहरु योग्यताक्रम सूची प्रकाशित नभएसम्म गोप्यताको संवेदनशीलतालाई विचार गरी कार्यालयबाट बाहिर नजाने प्रचलन छ । तत्पश्चात् सफल हुने उम्मेदवारको नियुक्तिको लागि सम्बन्धित निकायमा सिफारिश गरिन्छ । शाखा अधिकृत अप्राविधिकको हकमा १० अंकको सामूहिक छलफलको मौखिक परीक्षा लिइन्छ । यसमा आयोगको सदस्यको अध्यक्षतामा मनोविज्ञानवेत्ता तथा एकजना विषय विशेषज्ञ सहित तीन सदस्यीय समिति रहने व्यवस्था छ ।



ज) सिफारिशको लागि योग्यताक्रम प्रकाशन

अन्तर्वार्ताका सम्पूर्णा प्रक्रिया समाप्त भएपछि यथाशक्य छिटो योग्यताक्रम सूची प्रकाशित गरिन्छ । खुला प्रतियोगिताको योग्यताक्रम तयार गर्दा लिखित परीक्षाको प्राप्ताङ्क अन्तर्वार्ताको औसत अंक, शैक्षिक योग्यताको अंक, मनोवैज्ञानिक व्यक्तित्व परीक्षण सामूहिक छलफल सो बाहेक अन्य परीक्षा हुनेमा त्यस्ता परीक्षामा प्राप्त गरेका अंक समेत जोडी कूल प्राप्ताङ्कको आधारमा योग्यताक्रम सूची तयार गरिन्छ । यसरी योग्यताक्रम सूची तयार गर्न प्राप्ताङ्कहरु रहेका सिलबन्दी खाम खोल्दा सोको मुचुल्का गरी स्वीकृति गराएर मात्र खोल्नु पर्ने व्यवस्था छ । अन्तर्वार्ता लगायतका प्रक्रियाबाट योग्यताक्रम सूची तयार गर्दा उम्मेदवारहरुको कुल प्राप्ताङ्क बराबर हुन आएमा देहाय अनुसार योग्यताक्रम तयार गरिन्छ ।

 

क) लिखित परीक्षा हुनेमा लिखित परीक्षामा बढी अंक प्राप्त गर्नेलाई माथिल्लो क्रममा राख्ने ।

 

ख) लिखित परीक्षाको प्राप्ताङ्क बराबर भएमा अन्तर्वार्तामा बढी अंक पाप्त गर्नेलाई माथिल्लो क्रममा राख्ने ।

 

ग) खण्ड (क) र (ख) अनुसार पनि योग्यताक्रम नछुट्टिएमा शैक्षिक योग्यताको प्रमाणपत्रमा बढी अंक भएकोलाई माथिल्लो क्रममा राख्ने ।

 

घ) खण्ड (क), (ख) र (ग) अनुसार पनि योग्यताक्रम बराबर भएमा खुला प्रतियोगिताको हकमा नोकरी अवधिको अनुभवलाई आधार लिने र बढुवा प्रतियोगिताको हकमा एक तह मुनिको पदको ज्येष्ठतालाई आधार मानी योग्यताक्रम निर्धारण गर्ने ।

 

ङ) खण्ड (क), (ख), (ग) र (घ) अनुसार पनि योग्यताक्रम बराबर भएमा उमेरको हिसावले ज्येष्ठ कर्मचारीलाई ज्येष्ठ मानी योग्यताक्रम कायम गरिनेछ ।

 

यसरी योग्यताक्रम प्रकाशित गर्दा खुलातर्फको विज्ञापनमा माग पदसंख्याको आधारमा घटीमा २ जना र बढीमा १५% उम्मेदवारलाई वैकल्पिक उम्मेदवारको रुपमा राखिन्छ र त्यतिकै संख्यामा अस्थायी सूचीमा राखिन्छ । वैकल्पिकमा परेका उम्मेदवारहरु मूल सिफारिशमा परेका उम्मेदवारले नियुक्त नलिएमा वा मृत्यु भई वा निजले राजीनामा दिई वा निजको माथिल्लो पदमा नियुक्ति भई परीक्षणकालभित्रै निजले नियुक्ति लिएको पद रिक्त हुन आएमा सो रिक्त पदमा नियुक्ति पाउदछन् । अस्थायीको हकमा नेपाल सरकारबाट अस्थायी नियुक्तिको लागि माग भएमा अस्थायी सूचीबाट उम्मेदवार सिफारिश गरिन्छ । सिफारिश गर्दा कुन मन्त्रालय वा कार्यालयमा सिफारिश गर्ने हो उल्लेख गरिन्छ । राजपत्र अनंकित पदको हकमा उम्मेदवारले रोजेको कार्यालयमा सिफारिश गर्ने व्यवस्था छ । एक भन्दा बढी उम्मेदवारले एउटै कार्यालय रोजेमा योग्यताक्रमको माथिल्लो क्रममा पर्नेलाई सो कार्यालयमा सिफारिश गरिन्छ । तल्लो क्रममा पर्ने उम्मेदवार आफ्नो दोस्रो, तेस्रो रोजाइको कार्यालयमा नियुक्ति हुन सिफारिश हुन्छ ।