सचिवालय संरचना

आयोग अन्तर्गत केन्द्रीय कार्यालय५ वटा क्षेत्रीय निर्देशनालयहरु¸ ९ वटा अंचल कार्यालयहरु र १ वटा दरखास्त व्यवस्थापन केन्द्र  रहेका छन् ।

सचिवालयः

आयोगको केन्द्रीय कार्यालयमा ५ वटा महाशाखाहरु रहेका छन् र प्रत्येक महाशाखा अन्तर्गत विभिन्न शाखाहरु रहेका छन् । महाशाखा तथा शाखाहरुवाट सम्पादन हुने कार्यहरुको विवरण देहाय बमोजिम छ :

महाशाखा तथा शाखाहरुको कार्यविवरण

आयोगले संगठन संरचनामा समय समयमा समयानुकुल परिमार्जन गरी सुढृढ संगठन संरचना तथा कर्मचारीहरुको कार्यविवरण तयार गरी आफ्ना कामकारवाहीहरु संचालन गर्दै आईरहेको छ । आयोगको कार्यजिम्मेवारीमा भएको विस्तारसमसामयिक सुधारहरुको आवश्यकताले आयोगको विद्यमान संगठन संरचना तथा दरवन्दी वितरणमा समेत समयानुकुल सुधार गर्नु पर्ने हुन्छ । सोही सिलसिलामा विगत विभिन्न समयमा (वि.स. २०६७ र २०७० सालमा) समेत आयोगको संगठनात्मक तथा व्यवस्थापन सर्वेक्षण गरिएको थियो । वि.सं. २०७२ नेपालको संविधान जारी भइसकेपछि आयोगको विस्तारित कार्यक्षेत्र अनुरुप कार्य सम्पन्न गर्नका लागि २०७३ सालमा संग७नात्मक तथा व्यवस्थापन सर्वेक्षण गरिएको थियो ।  उक्त सर्वेक्षणमा उल्लेखित कार्यविवरणमा समसामयिक सुधारको आवश्यकता महशुश गरी देहाय वमोजिम कार्यविवरणमा परिमार्जन तथा नयां प्रस्तावित पदहरुको समेत कार्यविवरण तयार गरिएको छ ।

परीक्षा महाशाखा

१.     परीक्षा सम्बन्धी आवश्यक नीतिनियम तर्जुमा सम्बन्धी कार्य व्यवस्थापन ।

२.     प्रश्न निर्माणकर्तालाई न्यूनतम शैक्षिक योग्यता र पाठ्यक्रममा आधारित मार्गदर्शन तयार गरी कच्चा प्रश्नहरु संकलन एवम् बैंक सम्वन्धी कार्य ।

३.     आयोगबाट संचालन हुने खुला तथा आन्तरिक प्रतियोगितात्मक परीक्षाहरु संचालन गर्ने ।

४.     उत्तरपुस्तिकाहरुको संकेतीकरण सम्वन्धी कार्य ।

५.     परीक्षाका उत्तर पुस्तिकाहरु परीक्षण गराउने कार्य ।

६.     परीक्षा संचालननतिजा तयारी तथा प्रकाशन सम्वन्धी कार्य ।

७.     OMR एवम् अन्य प्रविधिवाट लिईने परीक्षाको उत्तरपुस्तिकाको संकलनपरीक्षण तथा नतिजा प्रकाशन सम्वन्धी कार्य । साथैआवश्यकतानुसार टिम (टोली) बनाई परीक्षण कार्य गर्न निर्देशन भए अनुरुप कार्य गराउने ।

परीक्षा संचालन शाखा (प्राविधिक/अप्राविधिक)

१.     लिखित परीक्षाको लागि आवश्यकतानुसारका कच्चा प्रश्नपत्रहरु संकलनका लागि सम्वन्धित माननीय सदस्यबाट दक्ष/विज्ञको मनोनयन गराउने ।

२.     परीक्षा भवनको व्यवस्था गरी परीक्षा संचालन गर्ने गराउने ।

३.     परीक्षा संचालन सम्बन्धी सुधारबारे आवश्यक सुझाव पेश गर्ने ।

४.     सामूहिक छलफल परीक्षा संचालन सम्बन्धी काम गर्ने ।

५.     विभिन्न विषयमा प्रश्न निर्माणकर्तादक्ष तथा विशेषज्ञहरुको नामावली संकलन गरी अद्यावधिक गराई राख्ने ।

६.     दरखास्तहरु विज्ञापन अनुसार मिले नमिलेको छानवीन गरी स्वीकृत नामावली
तयार गर्ने ।

७.     दरखास्त सम्बन्धी परेका समस्याबारे अध्ययन गरी परीक्षा संचालन अगावै
टुंगो लगाउने ।

८.     OMR एवम् अन्य प्रविधिवाट लिईएका परीक्षाहरुका उत्तरपुस्तिकाहरु वुझ्ने ।

९.     सार्वजनिकरुपमा प्रकाशन गर्नुपर्ने सूचना तथा जानकारीहरु सूचना तथा प्रकाशन शाखामा तोकिएको समयावधि भित्रै उपलव्ध गराउने ।

१०.    प्रवक्ता तथा सूचना अधिकारीवाट माग भए अनुसारका विवरणहरु समयमै उपलव्ध गराउने ।

लिखित परीक्षा नतिजा तयारी शाखा (प्राविधिक/अप्राविधिक) शाखा

१‍.     दोश्रो संकेतीकरण भई आएका उत्तर पुस्तिकाहरु परीक्षणको लागि शाखावाट पोकामा संकेतीकरण

गर्ने ।

२.    परीक्षण भई प्राप्त उत्तर पुस्तिकाहरुको प्राप्ताङ्क रुजु गरी टेबुलेशन गर्ने ।

३.     लेजर तयार गरी दोश्रो संकेतको आधारमा परीक्षार्थीको योग्यताक्रम निर्धारण गरी लिखित नतिजा प्रकाशन शाखामा गोप्यरुपमा पठाउने ।

४.    पुनर्योगको लागि निवेदन नतिजा प्रकाशन शाखावाट प्राप्त भएको अवस्थामा पूर्नयोगको व्यवस्था मिलाउने ।

५.     विभिन्न विषयका दक्षहरुको नामावली संकलन गरी अद्यावधिक गराई राख्ने ।

लिखित परीक्षा नतिजा प्रकाशन शाखा

१.     लिखित परीक्षा तयारी शाखावाट लिखित परीक्षा नतिजा प्रकाशनका लागि गोप्य सिलवन्दी खाम वुझिलिने ।  

२.     प्राप्ताङ्क र पदको आधारमा नतिजा प्रकाशित गर्ने र सम्बन्धित शाखासंग समन्वय राखी अन्तर्वार्ता र अन्य परीक्षाहरुको कार्यक्रम निर्धारण गर्ने ।

३.     अध्यक्षज्यूवाट दोश्रो संकेत नम्वर र सचिवज्यूवाट पहिलो संकेत नम्वर वुझिलिई नतिजा प्रकाशन सम्वन्धी कार्य गर्ने ।

४.     पुनर्योगको लागि पर्न आएका निवेदन संकलन गरी सम्वन्धित शाखामा पठाउने ।

५.     विज्ञापन गर्ने निकायसंग समन्वय गर्ने ।

६.     लिखित परीक्षा नतिजाको डिकोड तयार गर्ने ।

७.     सार्वजनिकरुपमा प्रकाशन गर्नुपर्ने सूचना तथा जानकारीहरु सूचना तथा प्रकाशन शाखामा तोकिएको समयावधि भित्रै उपलव्ध गराउने ।

८.     प्रवक्ता तथा सूचना अधिकारीवाट कानून वमोजिम  माग भए अनुसारका विवरणहरु समयमै उपलव्ध गराउने ।

प्रश्नपत्र परिमार्जन एवं सिफारिश महाशाखा

यस महाशाखा अन्तर्गत प्रश्नपत्र परिमार्जन शाखा र अन्तवार्ता एवं सिफारिश शाखा रहेका छन् । यस महाशाखाका कार्यहरु निम्नानुसार रहेको छः

१.     परीक्षाका लागि आवश्यक प्रश्नहरु परिमार्जन (प्रश्नपत्र परिमार्जन) गराउने ।

२.     अन्तर्वार्ता सम्वन्धी कार्य गर्ने र अन्तर्वार्ता सम्बन्धी आवश्यक मार्गदर्शन तयार गरी लागू गर्ने÷गराउने ।

३.     परीक्षा (लिखित एवं अन्तर्वार्ता) मा उत्तीर्ण उम्मेदवारहरु माग बमोजिम सिफारिश गर्ने सम्बन्धी कार्य गर्ने ।

प्रश्नपत्र परिमार्जन शाखा (प्राविधिक/अप्राविधिक)

१.     परिमार्जनद्वारा प्रश्नपत्र स्तरीय र पाठ्यक्रम अनुरुप बनाउनको लागि आयोगका पदाधिकारीबाट समयमै दक्षहरुको मनोनयन गराउने ।

२.     दक्षहरुले प्रश्नपत्र परिमार्जन गर्दा अपनाउनु पर्ने प्रक्रिया र आयोगबाट स्वीकृत मान्यता सम्बन्धमा आवश्यक सुझाव दिने ।

३.     परिमार्जित प्रश्नपत्रहरुको स्तरीयता हेर्ने र आवश्यक संख्यामा प्रश्नपत्रहरु तयार गराउने ।

४.     दक्षहरुको सूची अद्यावधिक गर्ने ।

५.     आवश्यक सेट मिलाई प्रश्नपत्र भण्डारमा उपलव्ध गराउने ।

६.     सार्वजनिकरुपमा प्रकाशन गर्नुपर्ने सूचना तथा जानकारीहरु सूचना तथा प्रकाशन शाखामा तोकिएको समयावधि भित्रै उपलव्ध गराउने ।

७.     प्रवक्ता तथा सूचना अधिकारीवाट कानून वमोजिम माग भए अनुसारका विवरणहरु समयमै उपलव्ध गराउने ।

८.     यस शाखालाई निर्दिष्ट गरिएका अन्य कार्यहरु गर्ने ।

अन्तर्वाता तथा सिफारिश शाखा

      कार्यक्रमअनुसार तोकिएको समयमा उम्मेदवारहरुको अन्तर्वार्ताको व्यवस्था गर्ने ।

२.     विभिन्न विषयमा दक्षहरुको नामावली संकलन गरी अद्यावधिक गराई राख्ने ।

३.     अन्तर्वार्ताका लागि दक्ष र विज्ञ मनोनयन सम्बन्धी काम गर्ने ।

४.     उम्मेदवारको शैक्षिक योग्यता विज्ञापित पद अनुसार मेल खाए नखाएको जाँच बुझ गर्ने ।

५.     अन्तर्वार्ता भन्दा अगावै उम्मेदवारहरुले पेश गरेका प्रमाणपत्रहरुको सक्कल प्रमाण भिडाइ प्रमाणित गर्ने ।

६.     सेवासमूह वा उपसमूह परिवर्तनका लागि अन्तर्वार्ता सञ्चालन सम्बन्धी व्यवस्था गर्ने ।

७.     उम्मेदवारहरुको योग्यताक्रम तयार गरी सिफारिश गर्ने ।

८.     सिफारिश भएका उम्मेदवारहरुको लगत राखी नियमानुसार नियुक्ति दिए नदिएको अनुगमन गर्ने ।

९.     प्रयोगात्मक परीक्षा तथा सिप परीक्षण सम्बन्धी संचालन व्यवस्था ।

प्रश्नपत्र परिमार्जन शाखा (सुरक्षा निकाय तथा संगठित संस्था)

१.     परिमार्जनद्वारा प्रश्नपत्र स्तरीय र पाठ्यक्रम अनुरुप बनाउनको लागि आयोगका सम्बन्धित पदाधिकारीबाट समयमै दक्षहरुको मनोनयन गराउने ।

२.     दक्षहरुले प्रश्नपत्र परिमार्जन गर्दा अपनाउनु पर्ने प्रक्रिया र आयोगबाट स्वीकृत मान्यता सम्बन्धमा आवश्यक सुझाव दिने ।

३.     परिमार्जित प्रश्नपत्रहरुको स्तरीयता हेर्ने र आवश्यक संख्यामा प्रश्नपत्रहरु तयार गराउने ।

४.     दक्षहरुको सूची अद्यावधिक गर्ने ।

५.     आवश्यक सेट मिलाई संस्था र पद अनुसार प्रश्नपत्र भण्डारमा उपलव्ध गराउने ।

६.     सार्वजनिकरुपमा प्रकाशन गर्नुपर्ने सूचना तथा जानकारीहरु सूचना तथा प्रकाशन शाखामा तोकिएको समयावधि भित्रै उपलव्ध गराउने ।

७.     प्रवक्ता तथा सूचना अधिकारीवाट कानून वमोजिम माग भए अनुसारका विवरणहरु समयमै उपलव्ध गराउने ।

८.     यस शाखालाई निर्दिष्ट गरिएका अन्य कार्यहरु गर्ने ।

प्रशासन तथा योजना महाशाखा

१.     आयोगको सामान्य तथा कर्मचारी प्रशासन र जनसम्पर्क ।

२.     आयोगको संगठन तथा व्यवस्थापन सर्वेक्षण तथा  सुधार ।

३.     वार्षिक योजना तयारी ,कार्यान्वयन तथा प्रतिवेदन सम्वन्धी ।

४.     बजेट तयार गर्नेलेखा संचालन गर्नेनगदीजिन्सीराजश्व आदिको दुरुस्त हिसाव राख्ने र लेखा परीक्षण ।

४.     मातहतका निकायहरुको निरीक्षण तथा सुपरीवेक्षण ।

६.     अन्तराष्ट्रिय एवम् प्रादेशीक लोक सेवा आयोगसँग समन्वय ।

७.     आयोगको वार्षिक प्रतिवेदन तथा निजामती सेवा पत्रिकावुलेटीनसमाचारपत्रहरुको तयारी तथा प्रकाशन ।

८.     आवधिक प्रतिवेदन तयारीप्रकाशन तथा व्यवस्थापन ।

९.     केन्द्रीय प्रतिनिधि खटनपटन सम्वन्धी कार्य ।

१०.    आयोगका कर्मचारीहरुको कार्यसम्पादन मूल्यांकनआन्तरिक सरुवावढुवाकाजसहमतिविदा सम्वन्धी कार्य ।

११.    विभिन्न सेवा समुह उपसमुहका अधिकृतस्तरको प्रतिशत निर्धारण सम्वन्धी कार्य ।

१२.    सूचना संचार प्रविधि सम्बन्धी कार्य गरी आयोगको काम छिटोछरितो बनाउने ।

१३.    विज्ञापन प्रकाशनका लागि आवश्यक पर्ने पाठ्यक्रम र न्यूनतम योग्यता सम्बन्धमा आवश्यक समन्वय गर्ने ।

१४.    सचिवको निर्देशनमा अन्य कार्य गर्ने ।

प्रशासन शाखा

१.     आयोगको आन्तरिकसामान्य प्रशासन तथा कर्मचारी प्रशासन ।

२.     जनसम्पर्कको प्रवन्ध गर्ने ।

३.     आयोगको आवश्यकतानुसार प्रशासकीय सर्वेक्षण गरी गराई प्रतिवेदन तयार गर्ने र स्वीकृत सिफारिसहरु कार्यान्वयन गर्ने/गराउने ।

४.     खरिद योजना तयारी,जिन्सी व्यवस्थापन तथा अभिलेख व्यवस्थापन ।

५.     आयोगका चल अचल सम्पत्तीहरुको सुरक्षा तथा सम्भार ।

६.     आयोगको बैठक संचालन सम्बन्धी काममा सहयोग ।

७.     आयोगको प्रेस संचालनसम्भारविकास तथा प्रेस व्यवस्थापन ।

८.     आयोगको आन्तरिक गोष्ठीहरु संचालन गर्ने ।

९.     लिखित परीक्षा संचालन एवं अन्र्तवार्ताका लागि केन्द्रीय प्रतिनिधि खटनपटन ।

१०.    सार्वजनिकरुपमा प्रकाशन गर्नुपर्ने सूचना तथा जानकारीहरु सूचना तथा प्रकाशन शाखामा तोकिएको समयावधि भित्रै उपलव्ध गराउने ।

११.    प्रवक्ता तथा सूचना अधिकारीवाट कानून वमोजिम  माग भए अनुसारका विवरणहरु समयमै उपलव्ध गराउने ।

सूचना तथा प्रकाशन शाखा

१.     खुला तथा बढुवाबाट पूर्ति गरिने पदहरुको माग संकलनप्रतिशत निर्धारणविज्ञापन गर्ने तथा  परीक्षा सम्बन्धी योजनावद्ध कार्यक्रम समेत तयार गर्ने र विज्ञापन तथा सूचना प्रकाशित गर्ने ।

२.     निजामती सेवा सम्बन्धी तथा अन्य सेना प्रहरी तथा सांगठनिक संस्थाका विभिन्न पदहरु मागनियुक्ति सरुवाबढुवाआचरणविभागीय कारवाही तथा जनशक्ति सम्बन्धी तथ्यांक संकलन गर्ने र तत्सम्बन्धी अध्ययन तथा विश्लेषण  गर्ने ।

३.     सार्वजनिक प्रशासन (शिक्षक तथा विश्व विद्यालयको सेवा बाहेक) निजामती सेवा सम्बन्धी प्राप्त तथ्यांकहरुको अभिलेख तयार गर्ने ।

४.     आयोगको त्रैमासिकचौमासिक प्रगति प्रतिवेदनबार्षिक कार्यक्रम र बार्षिक प्रगति प्राप्त गरी प्रतिवेदन तयार गर्ने ।

५.     विभिन्न पदहरुका पाठ्यक्रमदरखास्त फारामबुलेटिननिजामती सेवा पत्रिका र आयोगवाट प्रकाशन गरिनु पर्ने अन्य सामग्रीहरु प्रकाशित गर्ने ।

६.     आयोगका विज्ञापन र सूचनाहरुको प्रचार प्रसार सम्बन्धी व्यवस्था मिलाउने ।

७.     निजामती सेवा सम्बन्धी स्वदेशी र विदेशी अनुसन्धानात्मक कृतिहरुको संकलन तथा डकुमेन्टेशन सम्बन्धी काम गर्ने ।

८.     विज्ञापन प्रकाशनका सन्दर्भमा सम्बन्धित आवश्यक विभिन्न पदको न्यूनतम शैक्षिक योग्यता र पाठ्यक्रमसम्बन्धी कार्य जिम्मेवार शाखासँगको समन्वयमा यकिन गर्ने ।

९.     आयोग बार्षिक प्रतिवेदन तयारीको सन्दर्भमा आवश्यक विभिन्न कार्य गर्ने/गराउने ।

१०.    सूचना अधिकारी एवम् सहायक प्रवक्तासम्बन्धी कार्य तोकिएअनुसारको जिम्मेवारी राख्ने ।

११.    सूचनाको हक सम्बन्धी ऐन/नियमले तोकिएअनुसारका सूचना  प्रकाशन गर्ने/व्यवस्थीत गर्ने ।

१२.    लोक सेवा आयोगको गर्ने ।

१३.    आयोगको कार्य सम्बन्धी जनचेतनामूलक सूचना तयार गरी प्रचार प्रसार गर्ने ।

१४.    प्रवक्ताले माग भए अनुसारका विवरणहरु समयमै उपलव्ध गराउने ।

१६.    शाखालाई निर्दिष्ट गरिएका अन्य कार्यहरु गर्ने ।

आर्थिक प्रशासन शाखा

१.     चालु (साधारण) पूँजीगत र विकास बजेट केन्द्रीय कार्यालय र मातहत कार्यालयहरुमा तयार गर्ने ।

२.     लेखा संचालनलेखा परीक्षण र बेरुजु फर्छ्यौट सम्बन्धी काम गर्ने ।

३.     राजश्वको हिसाब दुरुस्त राख्ने ।

४.     थप वजेट व्यवस्थापन गर्न पहल गर्ने ।

५.     केन्द्रीय लेखा राख्ने ।

६.     बजेट निकासा गर्ने गराउने ।

७.     खर्चको अनुगमन गर्ने ।

८.     आर्थिक कारोबारको क्रममा राय दिने ।

९.     आर्थिक तथ्यांक उपलव्ध गराउने ।

१०.    सचिव एवम् महाशाखा प्रमुखको निर्देशन बमोजिमका कार्य गर्ने ।

योजना तथा निरीक्षण शाखा

१.     लोक सेवा आयोगको दीर्घकालिन सोच सहितको आवधिक योजना तयार गर्ने ।

२.     मन्त्रिपरिषद तथा प्रधानमन्त्रीको कार्यालयअर्थ मन्त्रालयसामान्य प्रशासन मन्त्रालयपरराष्ट्र मन्त्रालय र राष्ट्रिय योजना आयोगसंग समन्वय गरी आयोगको बैदेशिक सम्बन्ध र तदनुरुप बैदेशिक सहयोग प्राप्ति सम्बन्धी कार्य गर्ने ।

३.     तथ्यांक संकलनटेबुलेशन र विश्लेषण गर्ने ।

४.     आयोगको कार्यविधि नियम अनुसार विभिन्न सरकारी निकायहरुको निरीक्षण गर्नेगराउने ।

५.     आयोगको वार्षिक कार्यक्रम तथा बजेट तर्जुमा गरी स्वीकृतिका लागि पेश गर्ने ।

६.     आवधिक योजना तथा वार्षिक कार्यक्रमको कार्य प्रगति प्रतिवेदन तयार गरी पेश गर्ने ।

७.    आयोगको केन्द्रीय कार्यालयक्षेत्रीय निर्देशनालय र अञ्चल कार्यालयहरुबीच आवश्यक समन्वय गर्ने गराउने । ती कार्यालयहरुका समस्याहरुको समाधानका लागि सम्पर्क विन्दुको रुपमा काम गर्ने र समयमै आवश्यक निकासा गर्न आवश्यक अग्रसरता लिने ।

८.     उल्लेखित कार्य गर्न सचिवबाट प्रत्यायोजित अधिकार वमोजिम आर्थिक प्रशासन शाखा लगायत अन्य शाखाहरु संग समन्वय गरी आवश्यक निर्णय गराउने र सो को जानकारी सम्बन्धित कार्यालयहरुमा समयमै गराउने ।

९.     आयोगको क्षेत्रीय निर्देशनालय र अञ्चल कार्यालयहरुको लागि थप जनशक्ति बजेट र भौतिक सामग्रीको व्यवस्था गर्न आवश्यक पहल गर्ने ।

१०.    आयोगको क्षेत्रीय निर्देशनालय र अञ्चल कार्यालयहरुबाट नीतिगत विषयमा परामर्श माग भई आएकोमा तत् सम्बन्धी शाखा/महाशाखासंग समन्वय गरी निर्णय गराउने ।

११.    आयोगको क्षेत्रीय निर्देशनालय र अञ्चल कार्यालयहरुले आयोगसंग सम्पर्क राख्दा योजना तथा समन्वय शाखा मार्फत सम्पर्क राख्नेछन ।

१२.    तालिम तथा जनशक्ति विकास सम्बन्धी काम गर्ने ।

१३.    आयोगको क्षमता विस्तार सम्बन्धमा स्वदेशी तथा विदेशी संस्थाहरुसंग सम्पर्क गर्ने अध्ययन तथा अवलोकन भ्रमण सम्बन्धी काम गर्ने ।

१४.    आयोग अन्तर्गत संचालन हुने वैदेशिक आयोजनाहरुको सम्पर्क विन्दु र नेपाली समकक्षको रुपमा काम गर्ने ।

१५.    आयोगबाट संचालन हुने सेमिनारगोष्ठीकार्यशाला आदि गर्ने गराउने ।

१६.    सार्वजनिकरुपमा प्रकाशन गर्नुपर्ने सूचना तथा जानकारीहरु सूचना तथा प्रकाशन शाखामा तोकिएको समयावधि भित्रै उपलव्ध गराउने ।

१७.    प्रवक्ता तथा सूचना अधिकारीवाट कानून वमोजिम  माग भए अनुसारका विवरणहरु समयमै उपलव्ध गराउने ।

१८.    दरखास्त व्यवस्थापन केन्द्रबाट वितरण भएका दरखास्तहरु तोकिएको समयावधि भित्रै स्वीकृत/अस्वीकृत गर्ने ।

१९.    नेपाल सरकारका विभिन्न निकायहरुमा नियुक्तिबढुवाविभागीय सजाय लगायतका लोक सेवा आयोगका कार्यक्षेत्र भित्रका विषयमा समय समयमा सुपरीवेक्षण,अनुगमननिरीक्षण गरी प्रतिवेदन गर्नेविश्लेषण गर्ने ।

२०.    सेनाप्रहरीसंगठित संस्था लगायतका सरकारी निकायहरुले लोक सेवा आयोगको सामान्य सिद्धान्त परिपालना गरे नगरेको निरीक्षण गरी प्रतिवेदन तयार गर्ने ।

२१.    भ्रष्ट्राचारसुशासनगुनासो व्यवस्थापन सम्बन्धी फोकल प्वाइन्टको रुपमा कार्य गर्ने ।

२२.    लोक सेवा आयोगले अन्य निकायहरुसँग गर्ने र हुने अन्तरक्रिया कार्यक्रमहरुको समन्वय गर्ने ।

२३.    आयोगको रणनीतिक सुधार सम्बन्धी कार्य तथा सो सम्बन्धी कार्यको समन्वय गर्ने सम्बन्धी कार्य गर्ने ।

सूचना सञ्चार प्रविधि शाखा

आयोगका कामकारवाहीहरुलाई सूचना प्रविधिको महत्तम उपयोग गरी चुस्त दुरुस्त तथा प्रविधिमैत्री तुल्याउन यस सम्वन्धी कामको योजना तर्जुमा, कार्यान्वयन, अनुगमन तथा मूल्यांकन गरी सूचना  सञ्चार प्रविधिको बढ्दो उपयोग गर्न/गराउन यस शाखाको काम देहाय वमोजिम रहेको छ ।

१.     आयोगको कार्यलाई छिटोछरितोविश्वसनीयमर्यादितगोप्य राख्न सूचना सञ्चार प्रविधिसम्वन्धी योजना तर्जुमा तथा कार्यक्रम तयार गर्ने ।

२.     नवीनतम सूचना सञ्चार प्रविधि उपयोग सम्बन्धी सम्भावनाहरु खोजी गरी सुझाव पेश गर्ने ।

३.     सूचना प्रविधि सम्वन्धी आवश्यक जनशक्ति तयार गर्न आवश्यक कार्यक्रमहरु तयार गरी पेश  गर्ने ।

४.     सूचना प्रविधिसंग सम्वन्धित नियामक तथा सम्वद्ध निकायहरुवीच आवश्यक समन्वय गर्ने ।

५.     सूचना सञ्चार System निर्माण एवम् Maintenance गर्ने ।

६.     नयां प्रविधिहरुको पहिचान गरी सुझाव पेश गर्ने ।

७.     Networking and Network Troubleshotting गर्ने

८.     Database maintenance and administration गर्ने ।

९.     System Administration, software inhancement and modification, Hardware maintenance गर्ने ।

१०.    Electrical, electronics, computer, Laptop को खरिद योजना तयार गर्नेचेकजांच गर्ने र आवश्यक सुझाव दिने ।

११.    Public service recruitment management system सूचारु संचालन तथा व्यवस्थापन गर्ने ।

१२.    Online Application सम्वन्धी समस्याहरुको पहिचान गरी सुधारका लागि उपायहरु खोजी गर्ने ।

१३.    File Tracking System लागू गर्ने ।

१४.    ICT Audit गरी सुझाव पेश गर्ने ।

१५.    सूचना तथा प्रकाशन शाखालाई आवश्यक सहयोग पुर्‍याउने ।

१६.    सूचना प्रविधि सम्वन्धी अनुसन्धान सम्वन्धी कार्य ।

१७.    सूचना सञ्चार प्रविधि प्रयोग गर्ने सम्बन्धमा आवश्यक Programming सम्बन्धी कार्य गर्ने ।

परीक्षण प्रविधिअनुसन्धानतथा पाठ्यक्रम महाशाखा

यस महाशाखा अन्तर्गत परीक्षण प्रविधि शाखापाठ्यक्रम तथा मूल्याकंन शाखा, अनुसन्धान तथा विकास शाखा र पुस्तकालय इकाई रहेका छन् । यस महाशाखाका मुख्य कार्यहरु देहाय अनुसार रहेका छन् ।

१.     आयोगबाट हुने परीक्षाहरुको लागि पाठ्यक्रमपरीक्षण प्रविधिअनुसन्धान तथा विकास ।

२.     निजामती सेवाको विभिन्न पक्षमा अनुसन्धानात्मक अध्ययन विश्लेषण र विकास । ३.     आयोगको कामसंग सम्बन्धित विभिन्न पक्षको अध्ययन तथा अनुसन्धान ।

४.     शैक्षिक योग्यता निर्धारण र उपाधिको मान्यता ।

५.     आयोगका सबै महाशाखा प्रमुखहरु रहेको अनुसन्धान व्यवस्थापन समूह (Research Management Team) ले पहिचान गरेका विषयहरुमा अनुसन्धान गर्ने ।

परीक्षण प्रविधि तथा अनुसन्धान शाखा

१.     आयोगबाट हुने परीक्षाहरुको लागि पाठ्यक्रमपरीक्षण प्रविधिअनुसन्धान तथा विकास ।

२.     निजामती सेवाको विभिन्न पक्षमा अनुसन्धानात्मक अध्ययन विश्लेषण र विकास ।

३.     आयोगको कामसंग सम्बन्धित विभिन्न पक्षको अध्ययन तथा अनुसन्धान ।

४.     विभिन्न सेवा समूह र उपसमूहका पदहरुको न्यूनतम शैक्षिक योग्यता र समकक्षता निर्धारण ।

५.     सार्वजनिकरुपमा प्रकाशन गर्नुपर्ने सूचना तथा जानकारीहरु सूचना तथा प्रकाशन शाखामा तोकिएको समयावधि भित्रै उपलव्ध गराउने ।

६.     प्रवक्ता तथा सूचना अधिकारीवाट कानून वमोजिम  माग भए अनुसारका विवरणहरु समयमै उपलव्ध गराउने ।

७.     मनोवैज्ञानिक व्यक्तित्व एवम् आचरण परीक्षण सम्बन्धी ।

पाठ्यक्रम तथा मूल्यांकन शाखा

१.     लिखित परीक्षाको पाठ्यक्रम निर्माण तथा परिमार्जनको व्यवस्था गर्ने ।

२.     प्रत्यायोजित अधिकार अन्तर्गतका पदहरुको लागि लिइने परीक्षाका पाठ्यक्रम निर्माण सम्बन्धी व्यवस्था गर्ने ।

३.     निजामती सेवाको पाठ्यक्रम क्षेत्रभित्र आइपर्ने समस्या समाधानमा सुझाव दिने ।

४.     पाठ्यक्रमको उपयुक्ततासामयिकता र प्रभावकारीता सम्बन्धी अध्ययन विश्लेषण गर्ने ।

५.     पाठ्यक्रम सम्बन्धमा विभिन्न क्षेत्रसंग सम्पर्क राखी सो सम्बन्धमा मन्तव्य तथा प्रतिक्रिया लिने ।

६.     पाठ्यक्रमको मूल्यांकन र अनुगमन गर्ने ।

७.     सार्वजनिकरुपमा प्रकाशन गर्नुपर्ने परीक्षाका लागि पाठ्यक्रम सम्बन्धी सूचना तथा जानकारीहरु सूचना तथा प्रकाशन शाखामा तोकिएको समयावधि भित्रै उपलव्ध गराउने ।

८.     प्रवक्ता तथा सूचना अधिकारीवाट कानून वमोजिम  माग भए अनुसारका विवरणहरु समयमै उपलव्ध गराउने ।

९.     सुरक्षा निकाय एवं संगठीत संस्थाहरुसंग समन्वय गरी ती निकायहरुको आवश्यकता अनुसार पाठ्यक्रम निर्माण एवं परिमार्जन गर्ने ।

अनुसन्धान तथा विकास शाखा

१.     व्यवस्थापन समूहले पहिचान गरेका विषयहरुमा अध्ययनअनुसन्धान गर्न योजना तर्जुमा तथा कार्यान्वयन गर्ने ।

२.     अनुसन्धान सम्वन्धी संघसंस्थाहरुवीच सहयोग एवं समन्वय कायम गर्ने ।

३.     स्वदेश तथा विदेशमा भएका आयोगको कार्यपद्धतिसंग सम्वन्धित अनुसन्धानात्मक कार्यहरुको अध्ययन विश्लेषण तथा सो को सान्र्दर्भिकता पहिचान

४.     अनुसन्धान तथा विकास सम्वन्धी विज्ञहरुसंग सम्पर्क तथा समन्वय

५.     सान्दर्भिक अनुसन्धानप्रकाशन तथा आवश्यकतानुसार सो को सार्वजनिकीकरण

६.     शैक्षिक योग्यतापाठयक्रमको सान्दर्भिकताप्रश्नपत्रहरुको कठिनाईपरीक्षणका विधिहरुनेतृत्व मूल्यांकन लगायतका विषयमा अनुसन्धान गरी गराई पृष्ठपोषण प्राप्त गर्ने ।

७.     आयोगका विज्ञापनहरुमा आवेदन पर्ने तर परीक्षामा देखिने उपस्थिति सम्वन्धमा अध्ययन अनुसन्धान गर्ने ।

८.     समावेशी तथा खुला प्रतिष्पर्धावाट सिफारिस भई कार्यक्षेत्रमा खटिने कर्मचारीहरुको कार्यसम्पादनस्तरको अवस्थाको वारेमा अध्ययन अनुसन्धान गर्ने ।

कानून महाशाखा

१.     निजामती सेवा सम्वन्धी कानून तथा सेवा परिवर्तन सम्बन्धी विषयमा परामर्श सम्वन्धी कार्य ।

२.     सैनिक सेवासशस्त्र प्रहरी सेवाप्रहरी सेवा र सरकारी सेवाको पदमा नियुक्ति र बढुवा गर्दा अपनाउनु पर्ने सामान्य सिद्धान्तको विषयमा परामर्श सम्वन्धी ।

३.     कुनै सार्वजनिक संस्थाको सेवाका कर्मचारीको सेवाका शर्त सम्वन्धी प्रचलित कानून र त्यस्तो सेवाका पदको नियुक्तिबढुवा र बिभागीय कारवाही गर्दा अपनाउनु पर्ने सामान्य सिद्धान्तको विषयमा परामर्श ।

४.     निजामती कर्मचारीको बढुवा उजुरीरिट निवेदनका लिखित जवाफ सम्बन्धी कार्य ।

५.     आयोगलाई कानुनी परामर्श दिनेआयोगको ऐननियमनिर्देशिकाकार्यविधि आदिको तर्जुमा ।

नीति नियम तथा अभिलेख शाखा

१.     निजामती सेवाका शर्त तथा सुविधासरुवाबढुवासेवा परिवर्तन तथा विभागीय सजांय आदि बिषयमा नीति निर्धारण सम्बन्धी कारवाही गर्ने ।

२.     आयोगको कार्यविधि सम्बन्धमा राय सुझाव पेश गर्ने ।

३.     निजामती सेवा ऐननियमहरुको संशोधन सम्बन्धमा आयोगको निर्णयानुसार रायपरामर्श दिने ।

४.     आयोगको अधिकार प्रत्यायोजन सम्बन्धमा राय सुझाव पेश गर्ने र प्रत्यायोजित अधिकारको प्रभावकारिता सम्बन्धमा अध्ययन विश्लेषण गर्ने ।

५.     सार्वजनिकरुपमा प्रकाशन गर्नुपर्ने सूचना तथा जानकारीहरु सूचना तथा प्रकाशन शाखामा तोकिएको समयावधि भित्रै उपलव्ध गराउने ।

६.     प्रवक्ता तथा सूचना अधिकारीवाट कानून वमोजिम  माग भए अनुसारका विवरणहरु समयमै उपलव्ध गराउने ।

७.     एक सेवासमूह वा उपसमूहवाट अर्को सेवासमूह वा उपसमूहमा सेवा परिवर्तनका लागि नीति निर्धारण गर्न राय पेश गरी आयोगको स्वीकृति बमोजिम आवश्यक कारवाही गर्ने ।

८.     संगठीत संस्था र सुरक्षा निकाय संग सम्बन्धित नीतिगत एवम्  परार्मश ।

९.     यस शाखालाई निर्दिष्ट गरिएका अन्य कार्यहरु ।

१०.      महाशाखा प्रमुखको निर्देशनमा अन्य कार्य ।

उजूरी तथा विभागीय सजाय परामर्श शाखा

१.     निजामती कर्मचारीलाई दिइने विभागीय सजाय सम्बन्धमा आयोगबाट स्वीकृत भए बमोजिम परामर्श दिने ।

२.     निजामती सेवाका पदहरुको नियुक्तिबढुवा तथा सेवा शर्त सम्बन्धी उजूरीहरुमा आवश्यक कारवाही गर्ने ।

३.     आयोगलाई विपक्षी बनाई अदालतमा परेको रिट निवेदन सम्बन्धमा आवश्यक कारवाही गर्ने ।

४.     आयोगको काम कारवाहीको सम्बन्धमा आवश्यक कानूनी राय सल्लाह उपलव्ध गराउने ।

५.     यस शाखालाई निर्दिष्ट गरिएका अन्य कार्यहरु गर्ने ।

सुरक्षा निकाय तथा संगठीत संस्था महाशाखा

नेपालको संविधानमा व्यवस्था भए अनुसार नेपाली सेनानेपाल प्रहरीसशस्त्र प्रहरी बल नेपाल र अन्य सरकारी सेवा र संगठित संस्थाको रिक्त पदमा पदपूर्तिका लागि लिइने लिखित परीक्षा सञ्चालन गर्न आयोगबाट संगठन तथा व्यवसथापन सर्भेक्षण गरी कायम गरिएको यो महाशाखामा तत् तत् निकायसम्वद्ध लिखित परीक्षा सञ्चालन शाखा,लिखित परीक्षा नतिजा तयारी शाखा र लिखित परीक्षा नतिजा प्रकाशन शाखा गरी तीनवटा शाखा रहेका छन् । यस महाशाखा र महाशाखा अन्तर्गत रहने शाखाहरुको कार्य देहाय अनुसार रहेका छन् :

सुरक्षा निकाय तथा संगठीत संस्था महाशाखा

१.     लिखित परीक्षा सम्बन्धी आवश्यक नीतिनियम तर्जुमा सम्बन्धी कार्य ।

२.     कच्चा प्रश्नहरु संकलन सम्वन्धी कार्य ।

३.     सुरक्षा निकाय तथा संगठित संस्थाहरुको खुला तथा आन्तरिक प्रतियोगितात्मक परीक्षाहरु संचालन गर्ने ।

४.     उत्तरपुस्तिकाहरुको संकेतीकरण सम्वन्धी कार्य ।

५.     परीक्षाका उत्तर पुस्तिकाहरु परीक्षण गराउने कार्य ।

६.     परीक्षा संचालननतिजा तयारी तथा प्रकाशन सम्वन्धी कार्य ।

लिखित परीक्षा नतिजा तयारी शाखा (सुरक्षा निकाय तथा संगठित संस्था)

१.     दोश्रो संकेतीकरण भई आएका उत्तर पुस्तिकाहरु परीक्षणको लागि शाखावाट पोकामा संकेतीकरण

गर्ने ।

२.     परीक्षण भई प्राप्त उत्तर पुस्तिकाहरुको प्राप्ताङ्क रुजु गरी टेबुलेशन गर्ने ।

३.     लेजर तयार गरी दोश्रो संकेतको आधारमा परीक्षार्थीको योग्यताक्रम निर्धारण गरी लिखित नतिजा प्रकाशन शाखामा गोप्यरुपमा पठाउने ।

४.     पुनर्योगको लागि निवेदन नतिजा प्रकाशन शाखावाट प्राप्त भएको अवस्थामा पूर्नयोगको व्यवस्था मिलाउने ।

५.     विभिन्न विषयका दक्षहरुको नामावली संकलन गरी अद्यावधिक गराई राख्ने ।

लिखित परीक्षा नतिजा प्रकाशन शाखा (सुरक्षा निकाय तथा संगठित संस्था)

१.     लिखित परीक्षा तयारी शाखावाट लिखित परीक्षा नतिजा प्रकाशनका लागि गोप्य सिलवन्दी खाम वुझिलिने । 

२.     प्राप्ताङ्क र पदको आधारमा नतिजा प्रकाशित गर्ने र सम्बन्धित शाखासंग समन्वय राखी अन्तर्वार्ता र अन्य परीक्षाहरुको कार्यक्रम निर्धारण गर्ने ।

३.     माननीय अध्यक्षज्यूवाट दोश्रो संकेत नम्वर र सचिवज्यूवाट पहिलो संकेत नम्वर वुझिलिइ नतिजा प्रकाशन सम्वन्धी कार्य गर्ने  

४.     पुनर्योगको लागि पर्न आएका निवेदन संकलन गरी सम्वन्धित शाखामा पठाउने ।

५.     विज्ञापन गर्ने निकायसंग समन्वय गर्ने ।

आयोगको केन्द्रीय कार्यालय काठमाण्डौंमा रहेको छ भने यसका ५ वटा क्षेत्रीय निर्देशनालयहरु¸ ९ वटा अंचल कार्यालयहरु र १ वटा दरखास्त व्यवस्थापन केन्द्र रहेका छन् । जुन निम्न बमोजिम रहेका छन् :

क्षेत्रीय निर्देशनालयहरुः

 १) पुर्वाञ्चल क्षेत्रीय निर्देशनालयदेव्रेवासधनकुटा । फोन ०२६-५२०१५१

 २) मध्यमाञ्चल क्षेत्रीय निर्देशनालयकमल पोखरी काठमाडौं । फोन ०१-४४१०८५९

 ३) पश्चिमाञ्चल क्षेत्रीय निर्देशनालयपार्दीपोखराकास्की । फोन ०६१-४६३५०६

 ४) मध्यपश्चिमाञ्चल क्षेत्रीय निर्देशनालयवीरेन्द्रनगरसुर्खेत । फोन ०८३-५२१८०३

 ५) सूदुर पश्चिमाञ्चल क्षेत्रीय निर्देशनालयराजपुरडोटी । फोन ०९४-४४०१४७

अञ्चल कार्यालयहरुः

 १) मेची अञ्चल कार्यालयइलाम । फोन ०२७-५२००६२

 २) सगरमाथा अञ्चल कार्यालयदिक्तेलखोटाङ्ग । फोन ०३६-४२०१७७

 ३) जनकपुर अञ्चल कार्यालयजलेश्वर । फोन ०४४-५२०१४७

 ४) नारायणी अञ्चल कार्यालयहेटौडामकवानपुर । फोन ०५७-५२०३०२

 ५) लुम्विनी अञ्चल कार्यालयबुटवलरुपन्देही । फोन ०७१-५४०२०७

 ६) धौलागिरी अञ्चल कार्यालयवाग्लुङ्ग । फोन ०६८-५२०१४७

 ७) राप्ती अञ्चल कार्यालयतुल्सीपुरदाङ्ग । फोन ०८२-५२००१३

 ८) कर्णालि अञ्चल कार्यालयजुम्ला । फोन ०८७- ५२०००८

 ९) महाकाली अञ्चल कार्यालयमहेन्द्रनगर । फोन ०९९- ५२१२०९

 १०) दरखास्त व्यवस्थापन केन्द्र । फोन ०१-४७७१२१४

आयोगका केही महत्वपुर्ण कार्य प्रणालीः

आयोगको कार्य प्रणाली विज्ञापन प्रकाशन देखि उम्मेदवारको सिफारिश सम्म विभिन्न चरणहरु पार गर्नु पर्ने हुन्छ । ती चरणहरु देहाय बमोजिम रहेका छनः

क) विज्ञापन प्रकाशनः

१) नेपाल सरकारले रिक्त निजामती, स्वास्थ्य, व्यवस्थापिका संसद, सुरक्षा निकाय तथा संगठित संस्थाको सेवाका पदहरुको पूर्तिका लागि रिक्त पदको पदपूर्तिका लागि माग फाराम भरी आयोगमा पठाउनु पर्ने ।

२) आयोगले माग प्राप्त भइ सकेपछि सम्बन्धित ऐन नियमावलीमा छुट्याइएको पदपूर्तिको किसिम अनुसार (प्रतिशत निर्धारण) निर्धारण गर्ने ।

३) निर्धारित पदसंख्या अनुसार नियमानुसार खुलाआ.प्र.कार्यक्षमताको बढुवाद्वारा पदपूर्तिको लागि विज्ञापन प्रकाशन गर्ने । यसरी विज्ञापन प्रकाशन गर्दा दरखास्त वुझाउने स्थानलाग्ने दस्तुर -राजस्वदरखास्त बुझाउने अन्तिम मितिपदको लागि आवश्यक शैक्षिक योग्यता र लिखित परीक्षा हुनेको हकमा लिखित परीक्षा संचालन हुने मिति र समय समेत उल्लेख गरी प्रकाशन गर्ने गरेको छ ।

ख) प्रश्नपत्र निर्माण

१) माननीय अध्यक्षबाट प्रश्नपत्र निर्माणको लागि उपयुक्त संख्यामा विज्ञहरुको मनोनयन गर्ने ।

२) विज्ञहरुलाई पश्नपत्र निर्माणको लागि पाठ्यक्रमनमूना प्रश्नप्रश्नको ढाँचा समेत तोकी गोप्य तवरवाट प्रश्नपत्र निर्माणको लागि अनुरोध गर्ने ।

३) विज्ञहरुवाट प्रश्न निर्माण भए पछि गोप्य तवरले संकेत नं.का आधारमा तोकिएको खाममा गोप्य शिलबन्दी सहित परिक्षा संचालन शाखामा बुझाउनु पर्ने । यसरी बुझाउँदा मैले यो प्रश्न कसैलाई देखाएको भनेको छैनकपि पनि राखेको छैन भनी कवुलियत पत्रसहित बुझिलिने ।

४) परीक्षा संचालन शाखाले विज्ञले बुझाएको Raw Question को शिलबन्दीकै अवस्थामा मोडरेशन शाखालाई बुझाउनु पर्ने ।

५) माननीय अध्यक्षबाट मोडरेशनको लागि विज्ञको मनोनयन गर्ने ।

६) मोडरेशन शाखाले मोडरेटरको अगाडी प्राप्त कच्चा प्रश्नपत्रहरुलाई मुचुल्का गरेर खोली मोडरेशनको लागि उपलब्ध गराउने ।

७) मोडरेशन गर्दा विगतमा बैंकमा रहेका पुराना प्रश्नहरु पनि मिलाएर गरिने ।

८) मोडरेटरले मोडरेशन गरेको प्रश्न पत्रलाई कम्तीमा ३ सेट बनाई -एउटा परीक्षा संचालनको लागि गोप्य तवरले शिलबन्दी गरी प्रश्न बैकमा राख्ने ।

९) परीक्षा संचालनको लागि उपर्युक्त समयमा बैंकमा रहेका पश्नपत्रबाट कुन सेट प्रयोग गर्ने भन्ने सन्दर्भमा माननीय अध्यक्षवाट चिनो लगाई छनोट गरी प्रयोगमा ल्याउने र सवै ठाउमा परीक्षा संचालन हुने विज्ञापनमा एउटै पश्नपत्रबाट काम लिने ।

ग) परीक्षा संचालन

१) विज्ञापन दरखास्त दिने उम्मेदवारहरुको संख्या एकिन गर्ने ।

२) उम्मेदवार संख्या अनुसार परीक्षा भवनहरुको व्यवस्था गर्ने ।

३) परीक्षा संचालनको लागि जनशक्तिको खटन पटनको व्यवस्था गर्ने

४) तोकिएको स्थान -परीक्षा भवन मिति र समयमा केन्द्राध्यक्षले परीक्षा संचालन गरी तोकिएको कार्यालयको सम्बन्धित शाखामा उत्तरपुस्तिकाहरु वुझाउने ।

घ) उत्तरपुस्तिका कोडिङः

१) एउटा विज्ञापनको सवै उत्तरपुस्तिकाहरु सवै केन्द्रबाट प्राप्त भएपछि प्रथम कोड गर्ने । यसरी कोडिङ गर्दा सवै केन्द्रका उत्तरपुस्तिकाहरु मिसाएर गर्नु पर्ने (अथवा एउटै केन्द्रकोमा लगातार कोड राख्न नपाइने) ।

२) प्रथम कोड राखि सकेपछि कि. फाराम र अर्धकट्टी -नाम,थररोल नं. ठेगानालेखेको साइड रुजु गरी शिलबन्दी गरी परीक्षा संचालन शाखाले उत्तरपुस्तिकाहरु विभिन्न पोकाबाट मिसाई दोस्रो कोड राख्ने ।

३) दोस्रो कोड राखिसकेपछि दोस्रो कोड को अर्धकट्टी शिलबन्दी गरी सचिवकहां वा सचिवले तोकेको कर्मचारीलाई बुझाउनु पर्ने ।

४) दोस्रो कोड सकेपछि तोकिएको संख्यामा थैला बनाई शिलबन्दी अवस्थामा नै लिखित परिक्षा नतिजा शाखामा बुझाउनु पर्ने ।

ङ) उत्तरपुस्तिका परीक्षणः

१) लिखित परिक्षा नतिजा शाखाले दोस्रो कोड गरी शिलबन्दी उत्तरपुस्तिका प्राप्त भएपछि उत्तरपुस्तिका संख्या पोकाका आधारमा परिक्षणको लागि विज्ञको नाम अध्यक्ष समक्ष पेश गर्नु पर्ने । यसरी विज्ञको नाम पेश गर्न आवश्यक संख्या भन्दा जतिसक्दो वढी संख्यामा पेश गर्नु पर्ने । अध्यक्षवाट परीक्षकको नाम मनोनयन भइ सकेपछि दोस्रो कोड भई प्राप्त पोकामा अर्को थैला राखि सोमा संकेत नं उल्लेख गरी गोप्य तवरले परीक्षकलाई परीक्षणको लागि उत्तरपुस्तिका पठाउने ।

२) परीक्षण गरी परीक्षकवाट फिर्ता प्राप्त भएपछि संख्या ठिक छ छैन मार्कसिट समेत हेरी बुझने ।

च) टेबुलेशन र लिखित नतिजा प्रकाशनः

१) परीक्षकले उल्लेख गरेको प्राप्ताङ्क र मार्कशिटमा भएको अंक हर्ने । यदि कैफियत देखिएमा उत्तरपुस्तिकामा भएको अंकलाई आधार मानि अध्यक्षबाट कैफियत जनाइ सोही अनुसार कायम गर्ने ।

२) प्रत्येक उम्मेदवारको सबै पत्रहरुको जम्मा अंक पोष्टीङ गर्ने ।

३) मेरिट लिष्ट बनाउने ।

४) तोकिएका माग संख्याको आधारमा मेरिटमा परेका उम्मेदवारको विवरण संलग्न गरी नतिजा प्रकाशनको निर्णयको लागि पेश गर्ने ।

 ५) माननीय अध्यक्षज्यूबाट निर्णय भएपछि मेरिटमा परेका उम्मेदवारहरुको नामथरठेगानाबाबुबाजेको नाम डिकोड गरी नतिजा प्रकाशनको सूचना प्रकाशन गरिने ।

छ) अन्तर्वार्ता

अन्तर्वार्तामा आवश्यकता अनुसार आयोगका अध्यक्ष र सदस्यहरु र सम्बन्धित विषयका दक्ष समेतको -कम्तिमा ३ जनाको अन्तर्वार्ता समिति गठन गरिन्छ । यस्तो समिति गठन गर्दा एक दिन अगावै मात्र गोप्य रुपले समितिका सदस्यलाई सूचना गरिन्छ । अन्तर्वार्तामा अन्तर्वार्ताकर्ताहरुले उम्मेदवारको छुट्टा छुट्टै मूल्यांकन गर्दछन् । अन्तर्वार्ता समितिका सबै सदस्यहरुलाई लिखित परीक्षाको प्राप्ताङ्क र एक सदस्यले दिएको नम्बर अर्को सदस्यलाई समेत थाहा हुदैन । त्यसरी मूल्यांकन गरिएका फारामहरुको पछाडी अन्तर्वार्ता समितिका सबै पदाधिकारीले सही गरि तत्काल सिलबन्दी गरी योग्यताक्रम प्रकाशन गर्ने वेलामा मात्र खोलिन्छ । यस्तो योग्यताक्रम प्रकाशन सम्बन्धी गोप्य काममा संलग्न आयोगका पदाधिकारी तथा कर्मचारीहरु योग्यताक्रम सूची प्रकाशित नभएसम्म गोप्यताको संवेदनशीलतालाई विचार गरी कार्यालयबाट बाहिर नजाने प्रचलन छ । तत्पश्चात् सफल हुने उम्मेदवारको नियुक्तिको लागि सम्बन्धित निकायमा सिफारिश गरिन्छ । शाखा अधिकृत अप्राविधिकको हकमा १० अंकको सामूहिक छलफलको मौखिक परीक्षा लिइन्छ । सदस्यको अध्यक्षतामा मनोविज्ञानवेत्ता तथा एकजना विषय विशेषज्ञ सहित तीन सदस्यीय समिति रहने व्यवस्था छ ।

ज) सिफारिशको लागि योग्यताक्रम प्रकाशन

अन्तर्वार्ताका सम्पूर्णा प्रक्रिया समाप्त भएपछि यथाशक्य छिटो योग्यताक्रम सूची प्रकाशित गरिन्छ । खुला प्रतियोगिताको योग्यताक्रम तयार गर्दा लिखित परीक्षाको प्राप्ताङ्क अन्तर्वार्ताको औसत अंकशैक्षिक योग्यताको अंकमनोवैज्ञानिक व्यक्तित्व परीक्षण सामूहिक छलफल सो बाहेक अन्य परीक्षा हुनेमा त्यस्ता परीक्षामा प्राप्त गरेका अंक समेत जोडी कूल प्राप्ताङ्कको आधारमा योग्यताक्रम सूची तयार गरिन्छ । यसरी योग्यताक्रम सूची तयार गर्न प्राप्ताङ्कहरु रहेका सिलबन्दी खाम खोल्दा सोको मुचुल्का गरी स्वीकृति गराएर मात्र खोल्नु पर्ने व्यवस्था छ । अन्तर्वार्ता लगायतका प्रक्रियाबाट योग्यताक्रम सूची तयार गर्दा उम्मेदवारहरुको कुल प्राप्ताङ्क बराबर हुन आएमा देहाय अनुसार योग्यताक्रम तयार गरिन्छ ।

क) लिखित परीक्षा हुनेमा लिखित परीक्षामा बढी अंक प्राप्त गर्नेलाई माथिल्लो क्रममा राख्ने ।

ख) लिखित परीक्षाको प्राप्ताङ्क बराबर भएमा अन्तर्वार्तामा बढी अंक पाप्त गर्नेलाई माथिल्लो क्रममा राख्ने ।

ग) खण्ड (क) र (ख) अनुसार पनि योग्यताक्रम नछुट्टिएमा शैक्षिक योग्यताको प्रमाणपत्रमा बढी अंक भएकोलाई माथिल्लो क्रममा राख्ने ।

घ) खण्ड (क), (ख) र (ग) अनुसार पनि योग्यताक्रम बराबर भएमा खुला प्रतियोगिताको हकमा नोकरी अवधिको अनुभवलाई आधार लिने र बढुवा प्रतियोगिताको हकमा एक तह मुनिको पदको ज्येष्ठतालाई आधार मानी योग्यताक्रम निर्धारण गर्ने ।

ङ) खण्ड (क), (ख), (ग) र (घ) अनुसार पनि योग्यताक्रम बराबर भएमा उमेरको हिसावले ज्येष्ठ कर्मचारीलाई ज्येष्ठ मानी योग्यताक्रम कायम गरिनेछ ।

यसरी योग्यताक्रम प्रकाशित गर्दा खुलातर्फको विज्ञापनमा माग पदसंख्याको आधारमा घटीमा २ जना र बढीमा १५% उम्मेदवारलाई वैकल्पिक उम्मेदवारको रुपमा राखिन्छ र त्यतिकै संख्यामा अस्थायी सूचीमा राखिन्छ । वैकल्पिकमा परेका उम्मेदवारहरु मूल सिफारिशमा परेका उम्मेदवारले नियुक्त नलिएमा वा मृत्यु भई वा निजले राजीनामा दिई वा निजको माथिल्लो पदमा नियुक्ति भई परीक्षणकालभित्रै निजले नियुक्ति लिएको पद रिक्त हुन आएमा सो रिक्त पदमा नियुक्ति पाउँदछन् । अस्थायीको हकमा नेपाल सरकारबाट अस्थायी नियुक्तिको लागि माग भएमा अस्थायी सूचीबाट उम्मेदवार सिफारिश गरिन्छ । सिफारिश गर्दा कुन मन्त्रालय वा कार्यालयमा सिफारिश गर्ने हो उल्लेख गरिन्छ । राजपत्र अनंकित पदको हकमा उम्मेदवारले रोजेको कार्यालयमा सिफारिश गर्ने व्यवस्था छ । एक भन्दा बढी उम्मेदवारले एउटै कार्यालय रोजेमा योग्यताक्रमको माथिल्लो क्रममा पर्नेलाई सो कार्यालयमा सिफारिश गरिन्छ । तल्लो क्रममा पर्ने उम्मेदवार आफ्नो दोस्रोतेस्रो रोजाइको कार्यालयमा नियुक्ति हुन सिफारिश हुन्छ ।

 

 

 

अपडेट

सुचना

view more

बुलेटिन